ad ad

कारोबार


ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज

ग्वाङ्जाओ उडे निगमका दुई वाइडबडी जहाज

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १३:४३,

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का दुई वाइडबडी ए ३३० जहाज चीनको ग्वाङ्जाओ उडेका छन्। ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री लिन निगमका दुवै जहाजले केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ग्वाङ्जाओका लागि उडान भरेको हो।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन व्यवसायीले निगमका जहाज चार्टर्ड गरेका हुन्। दुई व्यावसायिक समूहले चीनबाट स्वास्थ्य सामग्री ल्याउन लागेको बताइएको छ। दुवै जहाज शुक्रबार काठमाडौँ फर्कने निगमले जनाएको छ। निगमका जहाजले यसअघि पनि चैत १६ र २० गते ग्वाङ्जाओबाट स्वास्थ्य सामग्री ल्याएको थियो।

लकडाउनको अवधिमा निगमका अन्तर्राष्ट्रिय उडान सर्वाधिक भएका छन्। यस अवधिमा निगमले सात अन्तर्राष्ट्रिय उडान भरेको छ। यीमध्ये आजको उडानसहित चार कार्गो र तीन उद्धार उडान हुन्। वाइडबडी ए–३३० दुई र न्यारोबडी ए—३२० दुई थान जहाजबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .