ad ad

कारोबार


अब नेपालमा कोरोनाको बीमा हुने !

अब नेपालमा कोरोनाको बीमा हुने !

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १२:३३,

विश्वभर फैलिइरहेको कोरोना भाइरस संक्रमणको नेपालमा बीमा गर्न मिल्ने गरी बीमालेख जारी भएको छ।

बीमा समितिले नेपालमा कोरोना संक्रमण अझै फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यसबाट उत्पन्न हुन सक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न बीमालेख तयार गरेको हो।

समितिले तयार गरेको बीमालेख जारी गर्नसमेत सबै बीमा कम्पनीहरुलाई निर्देशन भएको छ।

बीमालेखमा १ लाखको बीमांक अन्तर्गत बीमा गर्दा प्रतिव्यक्ति १ हजार रुपियाँ बीमा शुल्क कायम गर्ने र तर परिवारका सबैको बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय बीमा शुल्क कायम गर्ने उल्लेख छ।

५० हजार रुपियाँको बीमांक अन्तर्गत बीमा गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ बीमा शुल्क कायम गर्ने तर परिवारका सबैको बीमा समावेश भएमा प्रति व्यक्ति ३ सय बीमा शुल्क लिइने बीमालेखमा भनिएको छ।

कोरोना भाइरस बीमाको व्यवस्थापन लघु बीमाअन्तर्र्गत लघु बीमा पुलमार्फत गरिने र उक्त बीमा लेखहरु जारी गर्दा कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्नेसमेत निर्देशनसमेत समितिले जारी गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .