ad ad

कारोबार


व्यवसायीले भनेजसरी कर्जाको ब्याज कम गर्न सकिन्न : अर्थमन्त्री खतिवडा

व्यवसायीले भनेजसरी कर्जाको ब्याज कम गर्न सकिन्न : अर्थमन्त्री खतिवडा

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार १०:१८,

अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योगी व्यवसायीहरुले भनेजसरी कर्जाको ब्याजदर कम गर्न नसकिने बताएका छन्। त्यसरी ब्याजदर घटाउँदा निक्षेपकर्ताहरु दण्डित हुने र त्यसले बजारमा तरलताको अभाव हुने उनको भनाइ छ।

नेपाल उद्योग परिसंघसँगको छलफलमा उनले निक्षेपकर्ता दण्डित भएको अवस्थामा तरलता अभाव हुने र त्यसलाई सन्तुलन गरेर मात्रै ब्याजदर कम गर्न सकिने बताएका हुन्।

कोरोना संक्रमणको कारण परेको असरको बारेमा मूल्याङ्कन भइरहेको भन्दै उनले सरकारले सहयोगको वातावरण निर्माण गर्ने बताए।

उद्योग परिसंघको तर्फबाट अधयक्ष सतिश कुमार मोर, निवर्तमान अध्यक्ष हरिभक्त शर्मालगायतको टोलीले उद्योग क्षेत्र ठूलो चपेटामा परेको भन्दै आफ्नो समस्याहरु अर्थमन्त्रीसमक्ष राखेको थियो।

उद्योगहरु बन्द हुँदा उत्पादन नै नभएको र मजदुरहरुलाई तलब खुवाउन नसक्ने स्थिति रहेको उनीहरुले गुनासो गरेका थिए। मजुदरहरुलाई सामाजिक सुरक्षाको कोषमा दिने रकम समेत अभाव भएको, उत्पादन रोकिँदा बैंकको किस्ता तिर्नै नसक्ने अवस्था भएकोले सरकारले सम्बोधन गर्नुपर्ने उनीहरुले माग राखेका थिए।

उनीहरुले उद्योग नचल्दा पनि बिजुलीलगायतको खर्च आइरहेको र त्यसको मिनाहा गर्न समेत उद्योगीहरुले माग गरेका थिए।

उक्त छलफलमा अर्थमन्त्री खतिवडाले संक्रमणको जोखिम कम हुनेबित्तिकै असर परेका क्षेत्रलाई संरक्षण हुने योजना ल्याउने जानकारी दिए।

उनले भने, ‘संरक्षण गर्नको लागि हामीले प्रयोग गर्ने भनेको आफ्नो स्रोतहरु नै हो। वैदेशिक सहायतादेखि आन्तरिक स्रोतहरु परिचालन गरिहाल्छौँ नै। यो भनिरहँदा सरकारको ट्रेजरीमा पनि धेरै पैसा छैन। तरलता सजिलो पार्ने किसिमबाट अघि बढ्नेछौं।’

कोरोनापछि राम्रो गर्न सकिने भनेको कषि हो भन्दै अर्थमन्त्री खतिवडाले कृषि, उत्पादन र निर्माण क्षेत्रलाई मध्यनजर गर्दै अघि बढ्नुपर्ने बताए। कृषिलाई त्यति धेरै प्रभाव नपरेको र उत्पादन र निर्माण क्षेत्र पनि संक्रमण कम हुनेबित्तिकै अघि बढाउन सकिने उनको भनाइ छ।

त्यस्तै अब आन्तरिक पर्यटनलाई पनि अघि बढाउनुपर्ने र लामो समय लकडाउनमा घरभित्र बसेकाहरुलाई देशभित्रै घुम्ने रहर पनि भएकाले पर्यटन क्षेत्र पनि नखुम्चिने देखिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .