ad ad

कारोबार


भारतीय उड्डयन क्षेत्रमा कोरोना कहर : २० लाख रोजगारी जोखिममा

भारतीय उड्डयन क्षेत्रमा कोरोना कहर : २० लाख रोजगारी जोखिममा

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ७:१९,

कोरोना भाइरसको महामारीले भारतको उड्डयन क्षेत्रमा कार्यरत २० लाख बढी कामदारको रोजगारी जोखिममा परेको छ।

अन्तर्राष्ट्रिय हवाइ यातायात संघ (आईएटीए)ले लकडाउन लम्बिँदा २० लाख रोजगारी जोखिमा परेको बताएको हो।

आईएटीएको कर्पोरेट कम्युनिकेसनका सहायक निर्देशक अल्बर्ट छेवङले भारतीय एयरलाइन्सको ८ अर्ब बढी डलर राजस्व घट्नसक्ने बताएका छन्।

‘राजस्वमा ८ अर्ब डलर बढीको गिरावट आउनसक्छ। यात्रु ३६ प्रतिशतले घट्दा २० लाख बढीको जागिर जोखिममा पर्नेछ’, उनले भनेका छन्।

विश्वव्यापीरुपमा अन्य देशहरुको आर्थिक स्थिति ओरालो लागेको समयमा कुनै पनि देश यो समस्याबाट अछूतो नहुने आईएटीएले जनाएको छ।

भारतमा लकडाउनको कारण मे ३ सम्म व्यावसायिक उडानमा रोक लगाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .