मंगलबार हालसम्मकै उच्च मूल्यको रेकड बनाएको सुनको भाउमा आज थोरै गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकसय रुपैयाँले घटेको हो।
आज सुनको मूल्य प्रतितोला एक लाख ९८ हजार चारसय रुपैयाँ कामय भएको छ। हिजो तोलामा एक हजार नौसय रुपैयाँ बढेर सुनको भाउ एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको थियो।
सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
सोमबार सुनको मूल्य एकलाख ९६ हजार ६ सय रुपैयाँ थियो। गएको आइतबार पनि सुनको मूल्य प्रतितोला तीन हजार चारसय रुपैयाँ बढेको थियो। सोमबार भने सुनको मूल्य एकसय रुपैयाँ मात्रै बढेको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर दुईहजार तीन सय पाँच रुपैयाँ पुगेको महासंघले जनाएको छ।
1.0k
Shares

प्रतिक्रिया