नेपाल राष्ट्र बैंकले १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर परीक्षणका लागि बंगलादेशी अडिट कम्पनी हउलादार युनुस एण्ड को छनौट भएको छ।
केन्द्रीय बैंकले प्राविधिकतर्फ उक्त कम्पनीलाई मात्रै छनौट गरेर आर्थिक प्रस्ताव खोलेको थियो।
आर्थिक प्रस्तावमा हौलादार कम्पनीले १० वटा वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्नका लागि ६२ लाख ५४ हजार ९१२ रुपैयाँमा सम्झौता गरेको हो।
राष्ट्र बैंकले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ३८ को उपदफा २ बमोजिम बंगलादेशी हउलादार युनुस एण्ड कम्पनीलाई छनौट गरेको हो।
२०८१ पुसमा आवेदन दिएका ६ कम्पनीमध्ये प्राविधिक प्रस्तावबाट बंगलादेशको हउलादार युनुस एन्ड कम्पनी मात्रै छनौट भएको थियो।
तर प्रतिस्पर्धी मेहरा जेकेएसएस एसएसबीडीआईको तर्फबाट एस सुवेदी एन्ड एसोसिएट्सका सञ्चालक सतिश सुवेदीले राष्ट्र बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा मुद्दा हालेका थिए।
रिट दायरसँगै आर्थिक प्रस्तावको काम राष्ट्र बैंकले रोकिरहेको थियो। गत असार ९ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदएिपछि राष्ट्र बैंकलाई प्रक्रिया अगाडि बढाउने बाटो खुलेको थियो।
यो पनि–
Shares

प्रतिक्रिया