अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन सार्वजनिक गरेको छ।
साउन १ गतेदेखि चालू आर्थिक वर्ष सुरु भएसँगै सम्बन्धित सरकारी निकाय र मातहतका निकायलाई बजेट कार्यान्वयनका लागि मन्त्रालयले मार्गदर्शन बनाएको हो।
चालू आवको मार्गदर्शनमा कर्मचारीलाई जवाफदेही बनाउने व्यवस्था गरिएको छ।
‘आयोजना कार्यान्वयन गर्दा समयमै निर्णय नगरेका कारणले लागत बढ्न गएमा सम्बन्धित पदाधिकारीलाई जवाफदेही बनाउनुहुनेछ। त्रुटिपूर्ण डिजाइन र स्पेसिफिकेसन तयार गरी अस्वाभाविक दायित्व सिर्जना गर्ने व्यक्तिलाई कानुनबमोजिम जवाफदेही बनाउनुहुनेछ’, मार्गदर्शनमा लेखिएको छ।
विनियोजित बजेट तथा स्वीकृत कार्यक्रममा नपरेका कार्यक्रम/आयोजनाको कार्यान्वयन गर्न अर्थ मन्त्रालयले सरकारी तथा मातहतका निकायलाई निर्देशन दिएको छ।
यस्तै विनियोजित बजेट र स्वीकृत कार्यक्रममा नपरेको कार्यक्रम/आयोजनाका लागि बजेट निकासा, रकमान्तर तथा कार्यक्रम संशोधन माग गर्न पाइनेछैन। साथै, आर्थिक वर्षको बीचमा नयाँ कार्यक्रम/आयोजना सञ्चालनका लागि प्रस्ताव नगर्न पनि अर्थ मन्त्रालयले भनेको छ।
यस्ता कार्यक्रम/आयोजनाको कार्यान्वयन प्रक्रिया अगाडि बढाएमा सम्बन्धित पदाधिकारी नै जिम्मेवार हुनुपर्ने मार्गदर्शनमा उल्लेख छ।
पढ्नुहोस् अरु के के छन्?
Shares

प्रतिक्रिया