सोमबार राति कतारको राजधानी सहर दोहाका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज गन्तव्यमा पुग्न पाएन र ओमानको मस्कट डाइभर्ट हुनुपर्यो। मंगलबार मात्रै जहाज दोहा पुग्यो।
सोमबार राति नै त्यसपछि नेपालबाट मध्यपूर्वी गन्तव्यमा जाने जहाजहरु काठमाडौंस्थित त्रिभुवन विमानस्थलमै रोकिए। सबैभन्दा तनाव भने दोहा उड्नलागेका यात्रुले पाए।
नेपाल वायुसेवा निगमकै अर्को उडान दोहातर्फ भए पनि रद्द भएपछि यात्रुहरुको बिचल्ली भयो। राति रोकिएको उडान मंगलबार मध्याह्न त्यसतर्फ प्रस्थान गरेको छ।
हिमालय एयरलाइन्सको जहाज पनि सोमबार दोहा उड्ने बेलामा उडान स्थगित भयो। सो उडान भोलि बिहान ७ः५५ मा मात्र हुने कम्पनीले जनाएको छ।
उडान रद्द हुँदा विदा भई विमानस्थल प्रस्थान गेटबाट वेइटिङ रुम पुगिसकेका यात्रुहरु फेरि बाहिर आउनुपर्यो। रातिको निद्रा त बिथोलियो नै, बिहान पनि उडान कतिखेर, कहिले हुने अन्योल उनीहरुको अनुहारमा देखिन्थ्यो।

मंगलबार निकै ढिलाइपछि मात्र कम्पनीहरुले दोहा उडानको समय वा नयाँ सूचना दिएका थिए। तर यात्रुहरुले भोगेको सास्ती र बेचैनी भने मध्याह्नसम्म उस्तै थियो।
उडान रद्द हुनुको कारण भने मध्यपूर्वी देशमा केही दिनयता फैलिएको तनाव थियो। इरान र इजरायलबीचको युद्धकै बेला अमेरिकाले इरानी आणविक केन्द्रहरुमा बंकरभेदी बम खसालेपछि इरानले सोमबार राति कतारस्थित अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र आक्रमण गरेपछि उडानहरु अचानक रद्द भएका थिए।
तस्बिरमा हेर्नुहोस् विमानस्थलमा यात्रुले भोगेको सास्ती

















Shares

प्रतिक्रिया