कारोबार


सुनचाँदीका गरगहनामा करको विरोध गर्दै धर्ना र प्रदर्शन (तस्बिरहरू)

सुनचाँदीका गरगहनामा करको विरोध गर्दै धर्ना र प्रदर्शन (तस्बिरहरू)

सौगात दाहाल
असार ३, २०८२ मंगलबार १३:४१, काठमाडौँ

सुनचादी व्यवसायी र कालिगढ संघर्ष समितिले सरकारले लगाएको करको विरोध गर्दै मंगलबार न्युरोडदेखि इन्द्रचोकसम्म धर्ना र प्रदर्शन गरेका छन्। 

उनीहरुले करको विरोधमा मौन धर्ना, न्युरोड गेटदेखि इन्द्रचोकसम्म विरोध प्रदर्शन गरेका हुन्। 

उनीहरुले बजेटबाट लगाइएको २ प्रतिशत विलासिता कर तथा हिरा वा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याट खारेज गर्न सरकारसँग माग गरेका छन्। उपभोक्ता, कर्मचारी, कालिगढ व्यवसायीमैत्री ऐन, कानुन तुरुन्त जारी गर्नुपर्ने उनीहरुको माग छ। 

उनीहरुले प्लेकार्ड, ब्यानरसहित सडक प्रदर्शन गरेका हुन्। चालू आर्थिक वर्षमा १० लाख रुपैयाँमाथिका गरगहनामा २  प्रतिशत विलासिता कर लाग्दै आएको थियो। अबचाहिँ सुन तथा सुनका गरगहना बिक्रीमा सो कर लाग्ने व्यवस्था गरिएको छ। यसकै विरुद्धमा व्यवसायी आन्दोलित भएका हुन्।

यसअघि पनि उनीहरूले यस्तैखाले विरोध गर्दै आएका छन्। 

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad