कारोबार


अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १६:२७, काठमाडौँ

अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ। समितिका संयोजक रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठक डाकेका हुन्। 

बैठकमा अर्थमन्त्रीसहित सदस्यद्वय महाप्रसाद अधिकारी र पोषराज पाण्डे सहभागी छन्। यही बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। 

समितिले सिफारिस गरेका नाममध्ये एक जनालाई मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ। मन्त्रिपरिषद् बैठक पनि आजै साँझ ६ बजेलाई डाकिसकिएको छ। 

सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच अर्थविद् विश्व पौडेललाई गभर्नर बनाउने सहमति यसअघि नै भइसकेको छ। 

सोही कारण १८औँ गभर्नर पौडेल नै बन्ने प्रबल सम्भावना छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad