मंगलबार सेयरबजार ४९.०९ अंकले बढेको छ। १.८६ प्रतिशतले परिसूचक नेप्से बढेर २६७७.४५ विन्दुमा पुगेको हो।
यद्यपि कारोबार भने उस्तै छ। आज ७ अर्ब ३१ करोड रुपैयाँको भएको हो। १ करोड ६८ लाख कित्ता सेयर बिक्रीमा सो परिमाणको कारोबार भएको हो।
सोमबार १९ अंकले सूचक बढेको थियो भने ७ अर्ब ३५ करोडको कारोबार भएको थियो।
यस दिन २२९ धितोपत्रको मूल्य बढ्दा १५ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। आज सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सर्किट लाग्दा लगानीकर्ताले प्रतिकित्ता क्रमशः ७९.६३ रुपैयाँ र ७८.७० रुपैयाँ आम्दानी गरेका छन्।
यसबाहेक ओम मेगाश्री फर्म्यास्युटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको क्रमशः ९.९९, ९.९७, ९.९७ प्रतिशतले सेयर बढेको छ।
आज सेयरहरुमा ठूलो गिरावट आएको छैन। विन नेपाल लघुवित्तको ३.०९ प्रतिशत गिरावट नै सर्वाधिक रहेको छ।
कारोबारमा भने राधी जलविद्युत् अगाडि छ। कम्पनीको ४१ करोडको कारोबार भएको हो। यसबाहेक ङादी ग्रुप पावर ३६ करोड, युनिभर्सल पावर कम्पनी ३१ करोड, सानिमा माई हाइड्रोपावर ३० करोड र सोल्टी होटलको २९ करोडको सेयर खरिदबिक्री भएको छ।
आज सबै उपसूचकहरु हरियो रहेका छन्।
Shares

प्रतिक्रिया