कारोबार


क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा

क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा

नेपालखबर
जेठ ४, २०८२ आइतबार १९:४३, काठमाडौँ

डेन्टल प्वाइन्ट प्रालीले क्लियर अलाइनर प्रविधिमा आधारित अमेरिकी ब्रान्डको इनभिजलिन बजारमा ल्याएको छ।

डेन्टल प्वाइन्टले एक कार्यक्रमकाबीच इनभिजलिन सार्वजनिक गरेको हो।

कार्यक्रममा डेन्टल प्वाइन्टका कार्यकारी निर्देशक श्रेय पाण्डेले दक्ष दन्त चिकित्सकको माध्यमबाट इनभिजलिन ब्रान्डको क्लियर अलाइनर नेपालभरी उपलब्ध हुने बताइन्।

‘दाँतको उपचारमा प्रयोग हुँदै आएको परम्परागत तार प्रविधि भन्दा धेरै गुणा उपयुक्त प्रविधिबारे जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौँ’, उनले भनिन् ‘क्लियर अलाइनरको प्रयोगले बिरामीले चाँडो/चाँडो चिकित्सक भेट्न पर्ने बाध्यता समेत हट्नेछ। दाँतमा तार बाँध्ने, खोल्ने गरिरहनपर्दा बिरामीलाई दुखाई र पिडा धेरै हुने हुँदा विश्वभर क्लियर अलाइनरको प्रयोग बढ्दै गएको छ।’

इनभिजलिनको प्रयोगका लागि ग्लोबल आईएमई बैंकबाट इन्स्टलमेन्ट सुविधा पाउने डेन्टल प्वाइन्टले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad