कारोबार


प्रभु महालक्ष्मी लाइफले गर्‍यो ८.४२ प्रतिशत लाभांश प्रस्ताव

प्रभु महालक्ष्मी लाइफले गर्‍यो ८.४२ प्रतिशत लाभांश प्रस्ताव

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार ११:५१, काठमाडौँ

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ। 

कम्पनीको १७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो। 

आर्थिक वर्ष २०८०÷८१ को वित्तीय विवरणअनुसार सो वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको कम्पनीले उल्लेख गरेको छ। 

यसका लागि नेपाल बीमा प्राधिकरणसमक्ष लेखिपठाउने र त्यहाँबाट स्वीकृति पाएपछि बस्ने कम्पनीको आगामी वार्षिक साधारणसभामा पारित भएपछि सेयरधनीले पाउनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad