कारोबार


गिरावटका बाबजुद ९ अर्बको सेयर कारोबार, ३ वटामा ‘सर्किट ब्रेक’

गिरावटका बाबजुद ९ अर्बको सेयर कारोबार, ३ वटामा ‘सर्किट ब्रेक’

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १६:६, काठमाडौँ

सेयरबजारमा गिरावट आएको छ। 

बजार परिसूचक नेप्से ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा पुगेको हो। 

आज २ करोड ४६ लाख कित्ता सेयर बिक्री भएको छ। यो बिक्रीमा ९ अर्ब ३७ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

यस दिन १०७ वटा सेयर बढ्दा १३६ वटाको मूल्य घटेको छ भने एउटा अघिल्लो मूल्यमै कारोबार भएको छ। 

समाज लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सको सेयरमा आज सकारात्मक सर्किट लागेको छ। १० प्रतिशतले सेयर बढ्दा लगानीकर्ताले क्रमशः २१७ र १२६.१० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। 

यसबाहेक क्रेस्ट माइक्रो लाइफको पनि ९.९९ प्रतिशतले सेयर बढेको छ। यसबाहेक विन नेपाल लघुवित्तका सेयरधनीले पनि ८.७७ प्रतिशत कमाएका छन्।  

यता भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ। त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी होटललगायतको पनि सेयर घटेको छ। 

कारोबारमा राधी जलविद्युत् अगाडि छ। कम्पनीको ५८ करोडको सेयर कारोबार भएको हो। त्यसैगरी ङादी ग्रुप पावरको ५२ करोडको, सानिमा माई हाइड्रोपावरको ५० करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad