कारोबार


ऊर्जासचिव आचार्यले दिन मानेनन् स्पष्टीकरण, राज्यमन्त्री तामाङ भन्छन्- अब अदालत जान्छु

ऊर्जासचिव आचार्यले दिन मानेनन् स्पष्टीकरण, राज्यमन्त्री तामाङ भन्छन्- अब अदालत जान्छु

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १२:२४, काठमाडौँ

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले सोधेको स्पष्टीकरणको जवाफ दिन ऊर्जासचिव सुरेश आचार्यले अस्वीकार गरेका छन्। 

राज्यमन्त्री तामाङले गत चैत २८ गते सचिव आचार्यलाई २४ घण्टे स्पष्टीकरण सोधेका थिए। 

तर वैशाख ४ गतेसम्म उनले स्पष्टीकरण बुझाएका छैनन्।

जलस्रोत तथा सिँचाइ विभागले चैत २५ गते  सिँचाइ दिवस एवं ७२औँ वार्षिक उत्सवको कार्यक्रम गरेको थियो।

त्यसमा राज्यमन्त्री तामाङ प्रमुख अतिथिको भूमिकामा थिए। विभागको सभाहलमा प्रवेशको क्रममा कार्यक्रम सञ्चालकले उद्घाटन समारोहको क्रममा आसनग्रहणको लागि बोलाउँदा समेत मञ्चमा सहभागी नभई बेवास्ता गरी बाहिरिएको भन्दै स्पष्टीकरण सोधेका थिए। 

राज्यमन्त्री तामाङले शुक्रबारसम्म सचिवले स्पष्टीकरण नदिएको बताए। 

‘आजसम्म (शुक्रबार) सचिवले स्पष्टीकरण दिएको छैन’, मन्त्री तामाङले नेपालखबरसँग भने, ‘आइतबार फेरि स्पष्टीकरण सोध्छु। नदिए अदालतमा मंगलबार मुद्दा हाल्ने तयारी गरेको छु।’

उनले ऊर्जासचिवबाट हटाउने नहटाउने सरकारको विषय भएकाले आफूले गर्नसक्ने विषयबाट पछाडि नहट्ने बताए। 

सचिव आचार्यलाई आसनग्रहणको लागि आग्रह गर्दा पनि राज्यमन्त्री सहभागी कार्यक्रममा आफू बस्न तयार नभएको भन्ने तुच्छ अभिव्यक्ति दिएको, पदीय आचरण पालना नगरेको मन्त्री तामाङको आरोप छ।

यो पनि- 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad