कारोबार


२ सय २१ वटा सेयरको मूल्य घट्यो

२ सय २१ वटा सेयरको मूल्य घट्यो

फाइल तस्बिर


नेपालखबर
चैत २५, २०८१ सोमबार १५:६, काठमाडौँ

सेयरबजारमा सोमबार गिरावट आएको छ। 

सेयरबजार परिसूचक २७ सयबाट झरेको दिन कारोबार भने साढे ५ अर्ब रुपैयाँको भएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार लगानीकर्ताले १ करोड कित्ता सेयर बिक्रीमा ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार गरेका हुन्। 

यस दिन २३ वटा सेयर मात्रै बढेका छन् भने २२१ वटा सेयरको मूल्य घटेको छ। 

आज २३ मध्ये सबैभन्दा बढी बुटवल पावर कम्पनीको ६.७५ प्रतिशतले बढ्नेबाहेक अन्य सेयरको मूल्य उल्लेखनीय रुपमा बढेको छैन। गिरावटतर्फ पनि हिमालयन पावर पार्टनर्सको सेयर ५.३५ प्रतिशतले घटेको छ। यो नै सर्वाधिक दरको गिरावट हो। अर्थात् घटबढमा त्यस्तो ठूलो दर देखिएको छैन। 

कारोबारतर्फ हिमालयन रि इन्स्योरेन्सको ५० करोडको कारोबार भएको छ। दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४३ करोड, नेपाली पुनर्बीमाको ३३ करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad