सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र काभ्रेपलान्चोक जिल्ला पनौती नगरपालिका वडा नम्बर १२ स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामग्रीहरु राहतस्वरुप वितरण गरेको छ।
सिप्रदीयन सहायता संस्थाको तर्फबाट संस्थाको सह अध्यक्ष निलिमा राणा, वरिस्ठ उपाध्यक्ष शम्भु दाहाल, महासचिव राजेश प्रसाद गिरी, सह सचिव शारदा राना, सिप्रदी अटो पाट्र्सका सिनियर जनरल मेनेजर युवराज बुढाथोकी लगायतको उपस्थितिमा राहत वितरण गरिएको हो।
सो क्रममा २०० घरपरिवारलाई राहत स्वरुप प्रति परिवार डसना, सिरानी, झुल, तन्ना, खाना बनाउन प्रयोग हुने सामग्री ९ कूकर, कराइ, जग, बाल्टिन, पनियो बितरण गरियो।
कार्यक्रममा नगरपालिका नगर प्रमुख शान्ती रत्न शाक्य र वडाका वडा अध्यक्ष जयराम केसीको पनि उपस्थिति रहेको थियो।




Shares

प्रतिक्रिया