खराब मौसम तथा कम भिजिबिलिटीका कारण आजका हवाई उडान प्रभावित भएका छन्।
लगातार वर्षाले गर्दा विभिन्न गन्तव्यका हवाई उडान बन्द भएका हुन्।
पश्चिममा धनगढी, नेपालगन्ज तथा भैरहवा तथा पूर्वमा सिमरा र जनकपुरका उडान भने भइरहेका छन्।
पोखरा, सुर्खेत, भरतपुरलगायतका गन्तव्यमा उडान हुन सकेको छैन।
सबैभन्दा बढी उडान गर्ने बुद्ध एअरले बिहानैबाट उडान गर्न नसकेको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए।
मौसम प्रतिकूल भएकै कारण शुक्रबारका माउन्टेन फ्लाइट पनि रद्द भएका छन्।
366
Shares
प्रतिक्रिया