ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरु अन्तर्मन्त्रालयहरुसँग सम्बन्धित रहने हुँदा निर्माण सम्पन्न हुन ढिलासुस्ती भइरहेको बताएका छन्।
बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालको सन्दर्भमा विकास निर्माणका आयोजनाहरुमा थुप्रै खालका समस्याहरु रहेको बताए। उनले अन्तर्मन्त्रालय सम्बन्धित विषय रहने भएकाले विकास निर्माणका आयोजनाहरुमा ढिलासुस्ती हुने र समयमा सम्पन्न नहुने, लागत बढ्ने र अपेक्षाकृत प्रतिफल नआउने समस्याका रुपमा रहेको उल्लेख गरे।
उनले महाकाली सिँचाइ आयोजनाका सन्दर्भमा आर्थिक वर्ष २०८१—०८२१ का लागि पुँजीगततर्फ एक अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको बताए। उनले ठेक्कामा कुल तीन अर्ब ७१ करोड ८० लाख रुपैयाँ दायित्व रहेको बताए।
उनले स्रोत सुनिश्चितता गरेर अघि बढाउनेबारे छलफल भइरहेको पनि बताए । उनले आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत भौतिक प्रगति २१ प्रतिशत रहेको र आयोजनाको तेस्रो त्रैमासिकसम्मको समष्टिगत वित्तीय प्रगति पनि २१ प्रतिशत नै रहेको बताए ।
वनको समस्या समाधानका लागि रुख कटान गर्न मन्त्रीस्तरीय निर्णय भइसकेको बताए । ७ हजार ४२८ वटा रुख कटान गर्ने अवस्था रहेको बताए ।
Shares
प्रतिक्रिया