ad ad

कारोबार


काठमाडौं महानगरमा सडक नपुगेका जग्गाको मूल्यांकन प्रतिआना ४ लाख रुपैयाँ

काठमाडौं महानगरमा सडक नपुगेका जग्गाको मूल्यांकन प्रतिआना ४ लाख रुपैयाँ

नेपालखबर
असार ११, २०८१ मंगलबार १३:१, काठमाडौँ

काठमाडौं महानगरले सडक नपुगेको जग्गाको मूल्यांकन प्रतिआना ४ लाख रुपैयाँ कायम गरेको छ। 

मुख्य ठाउँमा ५० लाख रुपैयाँसम्म तोकेको महानगरले सडकले नछोएको जग्गालाई ४ देखि ७ लाख रुपैयाँको मूल्यांकन गरेको हो। 

महानगरले सम्पत्ति कर उठाउँदा मूल्यांकनअनुसार उठाउने गरेको छ।

काठमाडौंको सबैभन्दा बढी महंगो जग्गा केशरमहल, ठमेल, हनुमान ढोका, असन, इन्द्रचोक, जमल, रानीपोखरी, त्रिभुरेश्वर, पुलती सडक, बागबाजार, कृष्ण पाउरोटी, कान्तिपथ, दरबारमार्ग क्षेत्रमा मूल सडक जोडिएका क्षेत्र प्रतिआना ५० लाख रुपैयाँ मूल्यांकन गरेको छ। 

वडा नम्बर ३२ मा सबैभन्दा कम ४ लाख, वडा नम्बर ६ मा ५ लाख, वडा नम्बर ७ मा ५ लाख, वडा नम्बर १३ मा ४ लाख, वडा १४ मा ५ लाख ५० हजार मूल्यांकन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .