सरकारले अब ३२ वर्षसम्मका पुरुषले मात्रै लोकसेवा भिड्न पाउने व्यवस्था गर्ने भएको छ।
संसदमा दर्ता भएको निजामती विधेयकमा अहिले ३५ वर्ष कायम रहेकोमा ३ वर्ष घटाइएको हो।
प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा महिला उम्मेदवारको हकमा समेत ३७ वर्षसम्मकाले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन्।
राजपत्र अनंकित र श्रेणीविहीन पदमा १८ वर्ष उमेर पूरा भएका, राजपत्रांकित पदमा २१ वर्ष उमेर पूरा भएकाले प्रतिस्पर्धा गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ।
निजामती ऐन २०४९ मा पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा भइसकेका उम्मेदवार हुन पाउने व्यवस्था छ।
संसदमा दर्ता भएको विधेयक पारित भएसँगै लागू हुनेछ।
निजामती सेवा विधेयक संसदमा दर्ता, अतिरिक्त सचिव राखिएन, अवकाश उमेर २ वर्ष थप
594
Shares

प्रतिक्रिया