ad ad

कारोबार


नास्डाक प्रवेश गर्दै छ नेपालीले स्थापना गरेको एआई स्टार्टअप

जहाँ हुन्छ ठूला प्रविधि कम्पनी एप्पल, मेटादेखि टेस्लासम्मको सेयर कारोबार
नास्डाक प्रवेश गर्दै छ नेपालीले स्थापना गरेको एआई स्टार्टअप

फ्युजमेसिन्सका संस्थापक समीर मास्के। तस्बिर : फ्युजमेसिन्स


नेपालखबर
माघ १०, २०८० बुधबार १२:५४, काठमाडौँ

नेपालमा जन्मिएका उद्यमी समीर मास्केले विकास गरेको एआई स्टार्टअप फ्युजमेसिन्स अमेरिकी सेयरबजार नास्डाकमा सूचीकृत हुने भएको छ। 

एक नयाँ कम्पनीसँग गाभिएर प्रविधि कम्पनी बाहुल्य अमेरिकी इन्डेक्समा कम्पनी प्रवेश गर्न लागेको हो। यसका लागि नयाँ कम्पनीसँग फ्युजमेसिन्सले २० करोड डलरको सम्झौता गरेको ब्लुमबर्गले जनाएको छ। 

सीएसएलएम एक्विजिसिन कर्पसँगको मर्जर २०२४ को दोस्रो त्रैमासिकमा पूरा हुने आशा गरिएको दुवै कम्पनीले जनाएका छन्। फ्युजमेसिन्स न्युयोर्कमा रहेको कम्पनी हो भने सूचीकरणपछि कम्पनीले एफयूएसई (फ्युज) संकेतमा सेयर कारोबारमा सामेल हुनेछ। 

सन् २०१३ मा मास्केले फ्युजमेसिन्स इन्क स्थापना गरेका थिए। यसले कम्पनीहरुका लागि विभिन्न कृत्रिम बौद्धिक (एआई) उत्पादनहरु विकास गर्छ। कम्पनीले मिडिया कम्पनी टाइम इन्क, विमानस्थल व्यवस्थापनक ओटीजी र विलासी सामानहरुको बिक्रेता टेपस्ट्री इन्कलगायत यसका ग्राहक छन्। उनीहरुलाई कम्पनीले एआई सल्युसनहरु बनाइसकेको छ। 

च्याटजीपीटीजस्ता एआई सेवाप्रदायकको बढ्दो लोकप्रियतासँगै पछिल्लो समय एआई ग्रहण द्रुतगतिमा भइरहँदा यो मर्जरले कम्पनीलाई आफ्नो उत्पादन विस्तार र सुधारका लागि आवश्यक लगानी जुटाउन मद्दत पुग्नेछ। 

‘अहिले एआई फस्टाउँदो छ र त्यहाँ प्रतिभाको ठूलो अन्तर छ तर ११ वर्षदेखि यसलाई एआईमा परिचालन गरिरहेका छौँ’, ४५ वर्षीय मास्केले एक भिडिओ अन्तर्वार्तामा भने। 

सीएसएलएम कन्सोलियम इन्भेस्टमेन्ट मेनेजमेन्ट कम्पनीसँग सम्बन्धन भएको सन् २००४ मा स्थापित कम्पनी हो। यसले चर्चित र उदाउँदा बजार कम्पनीलाई लक्षित गर्दै आएको छ। मास्केका अनुसार यो मर्जरमा लगानीकर्ताको रुपमा अरु पनि जोडिँदै छन्। उनीहरुबाट प्राप्त पुँजीसँगै मर्जरपछिको पैसा मूल्यांकन समेत बढ्न सक्नेछ। 

स्प्याक डिल्स अर्थात् विशेष उद्देश्य प्राप्ति कम्पनी प्रकृतिका सम्झौता कोरोना महामारीका बेला लोकप्रिय भएको थियो। यो परम्परागत रुपमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बाट हुने सूचीकरणको साटो सजिलो विकल्प कम्पनीहरुलाई दिन्छ। पछिल्लो समय धेरै कम्पनी आर्थिक समस्यामा परेपछि यो विकल्प चर्चित हुनपुगेको थियो। तर एउटा लामो समययता स्थापित एआई कम्पनी यसरी सूचीकरण हुनुलाई विरलै मानिएको छ। 

एआई ट्रेनिङ सेसनमा मास्के। तस्बिर : फ्युजमेसिन्स

को हुन् मास्के? 
मास्के नेपालमै जन्मे हुर्केका व्यक्ति हुन्। उनी आफ्नो अध्ययनका लागि नेपालबाट अमेरिका पुगेका थिए। उनी कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) पूरा गर्न गएका थिए। सन् २०१७ मा उनले नेपालमा विद्यार्थीलाई प्रशिक्षित गर्न एक छात्रवृत्ति कार्यक्रम सुरु गरे र त्यसपछि उनीहरुलाई नै ग्राहकका लागि सोल्युसनहरु बनाउन रोजगारी प्रदान गरे। फ्युजमेसिन्सका सुरुवाती ग्राहकमध्ये द सिटी अफ न्युयोर्क एक हो जसका लागि कम्पनीले हजारौँ च्याटबटहरु सिर्जना गरेको थियो। 

भर्खरैमात्र फ्युजमेसिन्सले आफ्नो प्रशिक्षण कार्यक्रमलाई दक्षिण अमेरिकामा विस्तार गरिसकेको छ भने चाँडै दक्षिण भारतसम्म फैलाउनलागेको छ। त्यस्तै अमेरिकाकै विकासको कम पहुँच भएका क्षेत्रमा समेत यसलाई लैजाने तयारीमा छन्। अहिलेसम्म फ्युजमेसिन्सले ८ सय जनालाई प्रशिक्षित गरेको छ। यसका पाठ्यक्रमहरुमा कम्प्युटर भिजनमा मोड्युलहरु, साधारण भाषा प्रक्रिया र मेसिनबाट सिकाइ समावेश छन्। 

‘हामीबाट प्रशिक्षित प्रतिभाले सिलिकन भ्यालीका इन्जिनियरहरुसँग प्रतिस्पर्धा गर्न सक्छन्’, फ्युजमेसिन्सका प्रमुख कार्यकारी अधिकृत मास्केले भने। 

उनका अनुसार कम्पनीले जेनेरेटिभ एआईलाई अझै विशेष बनाउँदै छ जुन एउटा उनी आफैँले डिजाइन गरेको पाठ्यक्रम हो। यसलाई कोलम्बिया विश्वविद्यालयले पढाउन समेत थालिसकेको छ। भर्खरै मात्र कम्पनीले आफ्ना पुराना उत्पादनलाई जेनेरेटिभ एआईसँग जोडेर फेरि ब्युँताइरहेको छ। 

यसअघि उक्त स्टार्टअपले कुल १ करोड डलर बीउपुँजी फ्युचर पर्फेक्ट भेन्चर र डोल्मा इम्प्याक्ट फन्डमार्फत जुटाएको थियो। यसले नेपाल र उत्तर अमेरिकामा कुल ५ सय जनालाई रोजगारी प्रदान गरिरहेको छ। ब्लुमबर्गबाट 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .