ad ad

कारोबार


यातायातमन्त्री ज्वाला भन्छन्- स्मार्ट लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई नै दिनुपर्छ

यातायातमन्त्री ज्वाला भन्छन्- स्मार्ट लाइसेन्स छपाइको जिम्मा प्रदेशलाई नै दिनुपर्छ

नेपालखबर
माघ ७, २०८० आइतबार १५:२९, काठमाडौँ

भाैतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रदेश सरकारले नै स्मार्ट कार्ड छपाइ गर्नुपर्ने बताएका छन्। 

अहिले यातायात व्यवस्था विभागले मात्रै कार्ड खरिद र प्रिन्ट गरेकाे भन्दै प्रदेश मन्त्रालयले छिट्टै गर्नुपर्ने बताएका हुन्। 

मन्त्रालयका अनुसार स्मार्ट लाइसेन्स  १४ लाख ४० हजार आवेदन अनुसार प्रिन्ट गर्न  बाँकी रहेकाे छ। मन्त्रालयले ६ लाख कार्ड भित्र्याइसकेकाे छ भने ६ लाख आउने क्रममा छ। 

मन्त्री ज्वालाले थप १६ लाख कार्ड आयात गर्ने तयारी भइरहेकाे बताए। 

यातायात व्यवस्था विभागले दैनिक ७ हजार स्मार्ट कार्ड प्रिन्ट गर्न सक्छ। तर दैनिक नयाँ लाइसेन्सकाे माग नै ४ हजार रहेकाे छ। 

त्यसैगरी मन्त्री ज्वालाले सवारी दर्ता, नवीकरण र पेमेन्ट अनलाइनबाटै हुनुपर्ने बताए।

भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले प्रदेश सरकारलाई बैंककाे एटीएम कार्डजस्तै सहज बनाउन सक्ने बताएकाे छ। तर त्यसका लागि भने संघीय सरकारले यसमा सहयाेग गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .