नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने भएको छ।
बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि २० अर्ब तरलता बैंकिङ प्रणालीबाट खिच्न लागिएको राष्ट्र बैंकले जनाएको छ।
१८ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्व भएको थियो ।
त्यसबाहेक पनि राष्ट्र बैंकले ६ वटा निक्षेप संकलन उपकरणमार्फत १ खर्ब २५ अर्ब तरलता खिचेको छ। बिहीबार थप २० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो।
१८ पुसमा २५ अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा १९ अर्ब ९० करोडको प्रस्ताव आएको थियो। उक्त निक्षेप संकलन उपकरणको ब्याजदर अधिकतम ३.११ प्रतिशत र न्यूनतमा २.५९९ प्रतिशत प्रस्ताव गर्दा औसत ३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि निरन्तर निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको छ। चालू आर्थिक वर्षमा निक्षेप संकलन उपकरणमार्फत ३ खर्ब ५ अर्बको तरलता खिचेको राष्ट्र बैंकले जनाएको छ।
Shares
प्रतिक्रिया