ad ad

कारोबार


लगानीकर्ता ‘नाफा बुक’तिर लाग्दा सेयरबजारमा ‘करेक्सन’

यी हुन् सर्वाधिक कमाउने लगानीकर्ता र सर्वाधिक माग भएको कम्पनी
लगानीकर्ता ‘नाफा बुक’तिर लाग्दा सेयरबजारमा ‘करेक्सन’

नेपालखबर
पुस १४, २०८० शनिबार १६:५७, काठमाडौँ

यस साता नेप्से परिसूचकमा ४०.२ अंकको गिरावट देखियो। गत साता २१०९.१० विन्दुमा बन्द भएको बजार यो साता ४०.२ अंकले घटेर २०६८.९० विन्दुमा अडियो। यो साता तीन दिन मात्रै सेयर कारोबार भयो। 

तीन दिन खुलेको बजारमा ३ वटै कारोबार दिन नेप्से परिसूचक घट्यो। नेप्से परिसूचक घटेसँगै कारोबार समेत खुम्चियो पुग्यो। यो साता बजारमा १६ अर्ब ३५ करोडको कारोबार भयो। गत साता नेप्से परिसूचक ११४.५ अंकले बढेको थियो। साथै, ३० अर्ब ३६ करोडको कारोबार भएको थियो। 

गत साता ४ कारोबार दिन निरन्तर बढेर २१४१.८७ विन्दुमा पुगेको बजार अन्तिम कारोबार दिन घटेको थियो। बजार २२ सय नजिक पुग्दा लगानीकर्ता नाफा बुक गर्ने होड देखियो बजारमा करेक्सन आएको जानकार बताउँछन्। जसले गर्दा बजार त्यो विन्दुबाट माथि जान सकेन।

यो साता २१०९.१० विन्दुमा खुलेको बजार तीनवटै कारोबार दिनमा ओरालो लाग्दा २०६८.९० विन्दुमा रोकियो। सेयरबजारमा ४ प्रतिशतसम्मको करेक्सनलाई सामान्य मानिन्छ। 

मौद्रिक नीतिको समीक्षापछि २९० अंकको वृद्धिपछि ३.४३ प्रतिशतको करेक्सन आउनु चिन्ताको विषय नहुने जानकार बताउँछन्। झण्डै ३०० अंकको वृद्धिपछि बजारमा ४ प्रतिशतसम्मको करेक्सनले बजार थप बलियो बन्ने उनीहरूको भनाइ छ। बढेको बजारमा केही लगानीकर्ताले नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन आएको उनीहरूको भनाइ छ।  

बजार घटिरहेको बेलामा कारोबार खुम्चिनुले ट्रेडर हावी हुने अवस्था कम हुन थालेको सकेत रहेको जानकार बताउँछन्। जसले गर्दा सप्लाई घट्न गई बजार सकारात्मक हुने बताउँछन्। ट्रेडरको मनोविज्ञान नै बजार २२ सय विन्दु पुग्ने हुँदा सप्लाई बढ्दा बजारमा करेक्सन आएको उनीहरू बताउँछन्।

अब साढे २ हजार विन्दुबाट बजार पुनः बाउन्स व्याक भए २२ सयबाट सजिलै माथि उनीहरू बताउँछन्। करेक्सन हुँदै माथि उक्लिने बजार नै बलियो बन्ने उनीहरूको तर्फ छ। पुस मसान्तमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको कर्जा सावाँ–किस्ता तिर्नुपर्ने बेला समेत हो। कतिपय लगानीकर्ताले पुस मसान्तमा सेयर बेचेर किस्ता तिर्ने हुँदा सेलिङ प्रेसर समेत आउन सक्ने बताउँछन्। 

योसँगै साताभरमा नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब १३ अर्ब पुगेको छ।

१३ मध्ये ११ उपसूचकमा गिरावट
यस साता १३ वटा उपसूचक मध्ये २ बढ्दा ११ घटेका छन्। यो साता लाइफ इन्स्योरेन्स उपसूचक २२०.३६ अंक र म्युचुअल फण्ड उपसूचक ०.१४ अंकले बढेको छ। 

त्यसैगरी, ११ सूचकमा भने गिरावट आएको छ। यो साता निर्जीवन बीमा उपसूचक १०८.४३ अंक घटेको छ। होटल तथा पर्यटन ६४.४६, उत्पादन तथा प्रशोधन २०२.६१, डेभलपमेन्ट बैंकको १०१.३२, माइक्रोफाइनान्स १०५.५९, ट्रेडिङ २१५.२७, हाइड्रोपावर ५.३, फाइनान्स उपसूचक ४८.४४, अन्य उपसूचक ६.९१ अंक बैंकिङ उपसूचक ३५.७३ र इन्भेष्टमेन्ट उपसूचक ३.८३ प्रतिशतले घटेको छ।

सर्वाधिक कमाउने कम्पनी
यो साता सर्वाधिक कमाउनेमा बोटलर्स नेपाल (बालाजु) कम्पनीका लगानीकर्ता छन्। त्यसैगरी, हाथवे इन्भेष्टमेन्ट कम्पनी, समाज लघुवित्त र माउन्टेन इनर्जीका लगानीकर्ता छन्। 

साथै, गत साता आईपीओ सूचीकृत गरी कारोबार सुरु गरेका मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउनिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनीको सेयरमूल्य यो साता सर्वाधिक बढेको छ। 

सर्वाधिक गुमाउने कम्पनी 
यो साता नेप्सेमा सर्वाधिक गुमाउनेमा अभियान लघुवित्तका लगानीकर्ता रहेको छ।

यो साता लघुवित्तको सेयरमूल्य ११.७१ प्रतिशतले घटेको छ। त्यसैगरी, यो साता गुमाउनेमा चन्द्रागिरी हिल्स, माउन्टेन इनर्जी, शुभव पावर कम्पनी र इमर्जीङ नेपाल कम्पनीको सेयरमूल्य सर्वाधिक घटेको छ। 

सर्वाधिक कारोबार गर्ने कम्पनी
यो साता सोनापुर मिनरल्स आयल र शिवम् सिमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएका् छ। पछिल्लो दुई सातायता सोनापुर मिनरल्स आयल र शिवम सिमेन्ट कम्पनीको सेयर कारोबार उच्च देखिएको छ। सिवम सिमेन्टले सेयरधनीलाई लाभांश घोषणा गरेपछि कारोबार बढ्न थालेको हो। 

त्यसैगरी, यो साता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

सर्वाधिक माग भएको कम्पनी
फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्षस्थानमा मुक्तिनाथ कृषि कम्पनी रहेको छ। यस कम्पनीले हालै नेप्सेमा आईपीओ सूचीकृत गरेको थियो। योसँगै यो साता कम्पनी लगानीकर्ताको पहिलो रोजाइमा परेको हो।

त्यसैगरी, नेपल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर कम्पनी र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर माग उच्च देखिएको छ।  

मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनीको गत साता नेप्सेमा सेयर सूचीकृत कारोबार सुरु पछि निरन्तर सेयर सेयर खरिद माग उच्च देखिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .