ad ad

कारोबार


एनसेल प्रकरणमा सांसदले उठाए संसदीय समितिमाथि नै प्रश्न

चर्चा कमाउन अर्को समितिको क्षेत्राधिकारमा हात हालेको आरोप
एनसेल प्रकरणमा सांसदले उठाए संसदीय समितिमाथि नै प्रश्न

नेपालखबर
पुस १२, २०८० बिहिबार १३:२१, काठमाडौँ

सांसदहरुले चर्चा कमाउनको लागि मात्र संसदीय समितिले एनसेलको विषयमा छलफल गरेको बताएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सदस्यले समितिहरुबीच समन्वय हुन नसकेको बताएका हुन्।

सांसद चन्द्र भण्डारीले आर्थिक अनियमितता हुने गरी संसदीय समितिहरू नै लागेको आरोप लगाए। उनले निर्णय गर्ने ठाउँमा भएका अधिकारी बिक्री हुने गरेकाले एनसेलले कर छल्ने आँट गरेको धारणा राखे।  

सांसद् छविलाल विश्वकर्मा एनसेलको विषयमा संसदीय समितिमा 'ओभरल्याप' गरेकोमा प्रश्न उठाए।

सांसद देवेन्द्र पौडेलले एनसेलको विषयमा छानबिन गर्ने अधिकार प्रविधि समितिमा भए पनि अरु कम सरोकार भएका समिति बढी उत्सुक देखिएको बताए।

उनले समितिले चर्चा कमाउनको लागि अर्को समितिको क्षेत्राधिकारमा हात हालेको बताए।

छानबिन समितिमा प्रश्न
समितिमा सांसद सुमना श्रेष्ठले एनसेलको विषयमा गरेको छानबिनको रिपोर्ट सार्वजनिक गर्ने ल्याकत रहेको छ भनी सरकारलाई प्रश्न गरेकी छन्।

उनले हालका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री एनसेल सेयर खरिदकर्ताको घरमा बस्ने गरेकाले अध्ययन रिपोर्ट हुनेमा आशंका व्यक्त गरेकी हुन्।

सरकारले विगतमा गरेका अध्ययनका रिपोर्ट लुकाउने गरेको बताइन्।

श्रेष्ठले नियामक निकायको रूपमा रहेको प्राधिकरणले एनसेललाई काटेको पत्र फितलो रहेको बताइन्।

सांसद तोसिमा कार्कीले छानबिन समितिको अध्ययन गर्न फेरि छानबिन समिति बनाउनुपर्छ कि पर्दैन भनी प्रश्न गरिन्। सरकारका थुप्रै नियामकीय निकाय भएकाले अनावश्यक समिति बनाउने काम मात्र गरेको हुनसक्ने बताए।

सांसद बद्री पाण्डेले छानबिन समिति तत्कालको आगो निभाउन बनाइएको बताए। उनले सरकारले बनाएको समितिले सन्तोषजनक रिपोर्ट नदिए संसदीय समिति बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .