ad ad

कारोबार


सञ्चालनमा आयो चोभारमा बनेको नमुना क्यानओपी जीपलाइन

सञ्चालनमा आयो चोभारमा बनेको नमुना क्यानओपी जीपलाइन

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १७:१८, काठमाडौँ

चोभारमा पहिलो पटक क्यानओपी जीपलाइन सञ्चालनमा आएको छ। शनिबार जीपलाइनको अभिनेत्री वर्षा राउतले उद्घाटन गरेकी हुन्। 

आजबाट सञ्चालनमा आएको क्यानओपी जीपलाइन नेपालमै पहिलो पटक नमूना जीपलाइनको रुपमा निर्माण गरिएको व्यवसायीहरूले दाबी गरेका छन्। उनीहरूले क्यानओपी जीपलाइनमा एकै ठाउँमा तीन वटा अनुभव लिन सकिने सञ्चालको भनाइ छ।

सुरुमा एड्भेन्चर्स, त्यसपछि अलि डरलाग्दो र अन्त्यमा रमाइलो गरी तीन वटा अनुभव लिन सकिने बताएको छ। कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका अध्यक्ष पञ्चलाल महर्जनले यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी रहेको दाबी गरे। 

उनले जीपलाइन एउटै स्टेप र अनुभवमा सकिने भएपनि चोभारमा भने तीन वटा अनुभव लिन सकिने बताए। 

साथै, जापनिज प्रविधि र नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएकाले सुरक्षित रहेको र बालबालिकादेखि वृद्धवृद्धाहरु सबैले अनुभव लिनसक्ने उनको भनाइ छ। 

जीपलाइन क्यानओपी, गुफा भ्रमण र एप्सेलिङ प्याकेज गरी तीन वटा प्याकेज रहेको र न्युन दरमा अधिकतम मनोरञ्जन लिनसक्ने गरी एउटा मात्रै अनुभव लिनेलाई ५ सय र तीन वटै अनुभव लिनेलाई १ हजार २ सय रुपैयाँ टिकट निर्धारण गरिएको जानकारी दिए। उनले स्थानीय, बालबालिका र विद्यार्थीका लागि छुट रहेको पनि बताए।

‘यो नेपालकै पहिलो र नमूना जीपलाइन क्यानओपी हो। जीपलाइन एउटै स्टेपमा, एउटै अनुभवमा सकिन्छ। तर यहाँ र यो तीन वटा अनुभव एकै ठाउँमा लिन सकिन्छ। द एड्भेन्चर्स, द डेभिल र द फन गरी तीन वटा अनुभव यहाँबाट पाउनुहुनेछ। प्रविधिका हिसावले पनि जापनिज प्रविधि, एक्सपर्टका हिसावले नेपालकै प्रख्यात विज्ञहरुबाट सञ्चालनमा ल्याएका छौँ। सुरक्षाको हिसावले पनि नमूना छ। तीन वटा चरणको सुरक्षा यसमा छ। जीपलाइन भन्दा पृथक अनुभव दिने खालको क्यानओपी सञ्चालनमा ल्याएका छौँ,’ उनले भने।

कार्यक्रममा बोल्दै वान हन्ट एड्भेन्चरका निर्देशक हिमाल गुरुङले चोभारलाई पर्यटकीय हव बनाउन आवश्यक रहेको बताए।

‘यो ठाउँलाई हामीले भोलिको दिनमा पर्यटकीय हव बनाउनको लागि लगानी गरिरहेका छौँ। यसलाई पर्यटकीय हव बनाउन सबैको सहयोग चाहिन्छ,’ उनले भने।

कार्यक्रममा बोल्दै कीर्तिपुर नगरपालिका ६ का पूर्वअध्यक्ष न्हुछेबहादुर महर्जनले एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउने विश्वास व्यक्त गरे।

‘हामीले खाएका कसमहरु पूरा गर्दै जाने हो भने यो एड्भेन्चरले कीर्तिपुर वडा नम्बर ६ लाई समृद्धितिर अघि बढाउँछ। यहाँ हुने हरेक पर्यटकीय गतिविधिले कीर्तिपुरलाई उजागर गर्नेछ,’ उनले भने।

चोभार क्यानओपी जीपलाइनको उद्घाटन गर्दै अभिनेत्री वर्षा राउतले आफू पहिल्यैबाट एड्भेन्चर प्रेमी भएकाले उत्साहित रहेको बताइन्।

‘म पहिलादेखि नै एड्भेन्चर प्रेमी हुँ। रमाइलो लाग्छ, एक्साइटेड भएँ। बालबालिकादेखि सबैले गर्न मिल्छ। डर धेरै नै हुँदैन। नेशनल टुरिजम यस्ता कुराहरूले राम्रो हुन्छ। नेपालमा यस्ता कुरा धेरै हुनुपर्छ, नेपालमा हातमा गन्ने मात्रै छन्,’ उनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .