कारोबार


कोका–कोला बेभरेजेजले ल्यायो ‘कोक बडी’ एप

कोका–कोला बेभरेजेजले ल्यायो ‘कोक बडी’ एप

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १७:१४, काठमाडौँ

कोका–कोला बेभरेजेज नेपालले आफ्नो वितरणलाई अझै प्रभावकारी बनाउने र नेपालभर आफ्नो उपस्थितिलाई सुदृढ गर्ने उद्देश्यका साथ ‘कोक बडी’ एप लन्च गरेको छ। 

रिटेलरहरूले कुनै पनि समयमा  कुनै पनि स्थानबाट डिस्ट्रिब्युटरहरूमार्फत कोका–कोलाका पेय पदार्थहरू चाँडो भन्दा चाँडो र सहज रुपमा अर्डर गर्न सकून् भन्ने उद्धेश्यले यो एप लन्च गरिएको हो। 

नेपालभरका २५६ वितरकहरू र १ लाख ५६ हजार आउटलेटहरूलाई जोड्दै यो नयाँ मोबाइल एप्लिकेसनले कोका–कोलाका उत्पादनहरू वितरण गरिने शैलीलाई डिजिटल रूपमा रूपान्तरण गर्ने कम्पनीले विश्वास लिएको छ।

कोका–कोला बेभरेजेज नेपाल र यसको विशाल वितरण सञ्जाल भित्रको सन्चार र लजिस्टिकलाई सुव्यवस्थित गर्न कोक बडी एपको डिजाइन गरिएको हो, जसले वितरक र आउटलेटहरू बीच रियल–टाईम कनेक्टिभिटिलाई कायम राख्दछ।

यो एपले सप्लाई चेन म्यानेजमेन्टलाई अप्टिमाईज गर्ने, इन्भेन्टरि भिजिबिलिटि सुधार गर्ने र अन्ततः डिस्ट्रिब्युटर र रिटेलरहरु दुवैका लागि सहज अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ्ग डिरेक्टर दीपक नाथ सेन्थिलले नयाँ कोक बडी एपले वितरक र रिटेलर आउटलेटहरूलाई सहज रुपमा कनेक्ट गर्न र अर्डर लिन र दिन सजिलो बनाएको बताए। 

अब कुनै आउटलेटले कोका–कोलाको कुनै पनि पेय पदार्थहरु अर्डर गर्नको लागि केवल प्ले–स्टोर वा एप–स्टोरमा गएर कोक बडी एप डाउनलोड गरेर त्यसमा कोक आउटलेटको रूपमा दर्ता गर्दा प्रदान गरेको आफ्नो फोन नम्बर प्रयोग गरेर लग–इन गर्न सक्छन्।

त्यसपछि उनीहरूले अफुले अर्डर गर्न चाहेको उत्पादन छनोट गर्नासाथ डिस्ट्रिब्युटरको सिस्टममा आउँछ र उनीहरुको अर्डर तुरुन्तै प्रोसेस हुन्छ। आउट्लेटहरुको डिजिटल एक्स्पिरियन्सलाई अझै सुधार गर्न र उनीहरुको कार्य विधिलाई अझै प्रभावकारी बनाउन क्युआर कोडबाट मात्र भुक्तानीहरु लिने निर्णय गरेको उनले बताए। 

त्यस्तै कोका–कोला बेभरेजेज नेपालका कमर्सियल डिरेक्टर श्री युनुस रियादीले सुविधाजनक रुपमा अर्डर गर्ने एप – कोक बडी विशेष रूपमा रिटेलरहरूका लागि तयार पार्दा धेरै उत्साहित रहेको बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad