कारोबार


चीनबाट ५२ उद्योग खोल्ने प्रतिबद्धता आउँदा भारतबाट २ वटा मात्रै

चीनबाट ५२ उद्योग खोल्ने प्रतिबद्धता आउँदा भारतबाट २ वटा मात्रै

नेपालखबर
माघ १९, २०७६ आइतबार १२:२८,

चालू आर्थिक वर्षमा चीनले ५२ वटा पर्यटनसम्बन्धी उद्योगमा लगानी गर्ने प्रतिबद्धता गर्दा भारतले दुईवटा मात्रै गरेको छ। उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ १३ गतेसम्म दुई छिमेकीले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन्।

चिनियाँ लगानीकर्ताले ५२ उद्योगमार्फत ७ अर्ब ३७ करोड लगानी गर्ने प्रतिबद्धता गरेका छन्। त्यस्तै भारतीय लगानीकर्ताले २ उद्योगमार्फत १५ करोड लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

माघ १३ सम्म कुल ६० वटा पर्यटनमूलक उद्योगमा वैदेशिक लगानी गर्ने प्रतिबद्धता हुँदा चीनका मात्रै ५२, भारतका २, फ्रान्सका २ र जापान, मलेसिया, पोल्यान्ड, अमेरिकाका १–१ उद्योग दर्ता भएका छन्। प्रतिबद्धताअनुसार कुल वैदेशिक लगानी ८ अर्ब ७ करोड रहेको छ।

६० उद्योगले कुल २ हजार ३ सय ९८ रोजगारी सिर्जना गर्ने बताएका छन्। यसमा चिनियाँ उद्योगले मात्रै २ हजार १ सय ६ जनालाई रोजगारी दिनेछन्। गत वर्षको यही अवधिमा ६८ वटा पर्यटनमूलक उद्योगले वैदेशिक लगानी गर्ने प्रतिबद्धता जनाएका थिए। यसमा कुल ३ अर्ब ६७ करोड लगानी गर्ने प्रतिबद्धता आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad