ad ad

कारोबार


इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो

इन्धनको मूल्यवृद्धि फिर्तासँगै यातायातको भाडा बढ्नबाट रोकियो

नेपालखबर
असोज १४, २०८० आइतबार १४:५३, काठमाडौँ

सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएपछि यातायातको भाडादर बढ्नबाट रोकिएको छ। यातायात व्यवस्था विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वचालित मूल्य अनुसार भाडादर वृद्धि गर्ने तयारी गरिरहँदा निगमले फिर्ता लिने निर्णय गरेसँग अहिलेकै दर कायम भएको हो।

आयाल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधी २०८० तथा परिवर्तित मूल्यमा अभिवृद्धि करसहित समायोजन गरिएको मूल्य आइतबार रातिबाट लागू हुनेगरी फिर्ता गरिएको जनाएको छ। 

‘पेट्रोलियम पदार्थ तथा ग्यासमा भएको मूल्यवृद्धिबाट नजिकिँदै गरेको चाडपर्व तथा आम उपभोक्ताको ध्यान राखी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशिन बमोजिम मूल्य फिर्ता गरिएको छ,’ आयल निगमले भनेको छ, ‘हाल भएको मूल्यवृद्धिलाई मूल्य स्थिरिकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्नेगरी फिर्ता भएको छ।’

साउन ३१ गते यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीमा करिब ५ प्रतिशत र मालवाहक सवारीमा ७ प्रतिशतसम्म भाडादर वृद्धि गरेको थियो।   

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा इन्धनको बजार मूल्य ५ प्रतिशत तलमाथि भएमा घटबढ हुन्छ। साउन ३१ गते भाडा बढाउँदा १६५.८३ हुँदा भाडादर वृद्धि भएको थियो। शनिबार डिजेल प्रतिलिटर ६ रुपैयाँले वृद्धि हुँदा भाडादर वृद्धिको तयारी भएको थियो। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले स्वचालित मूल्य भएकाले इन्धनको मूल्य अनुसार भाडा समायोजन हुने बताए। चाडपर्वको समयमा व्यवसायीले भाडामा छुट दिन नसक्ने भएकाले सरकारले नै पहल गर्नुपर्ने बताए। 

स्वारले भने, ‘दसैंको समयमा सरकारले भाडा कम बनाउन सहुलियत आवश्यक छ।’

सरकारले दसैंमा सहुलियत पसल सञ्चालन गरेजस्तै यातायातलाई सस्तो बनाउन छुट्टै प्याकेज ल्याउनुपर्ने बताए। 

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले स्वचालित मूल्य अनुसार बढेको भाडादर तय हुने बताए। मूल्य समायोजन भएसँगै भाडादर वृद्धि नहुने विभागले जनाएको छ। 

‘स्वचालित मूल्य भनेपनि विभागबाट टिप्पणी उठाई निर्णय गर्नुपर्ने हुन्छ,’ पनेरुले भने, ‘इन्धनको मूल्य बढ्दा बढ्छ। घट्दा घट्छ।’  

यातायात व्यवस्था विभागले अन्तर प्रदेश सञ्चालन हुने लामो दुरीका सवारी साधनको भाडादर निर्धारण गर्छ। प्रदेशभित्रको भाडादर भने प्रदेशकै यातायात मन्त्रालयले समायोजन गर्दै आएको छ। 

वायुसेवा सञ्चालक संघले नयाँ भाडादर तयार गर्दै थियो। संघले तयार पारेको भाडादर नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेपछि लागू हुन्छ। 

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले सरकारले इन्धनको मूल्यमा ४ रुपैयाँ तलमाथि हुने बित्तिकै भाडादर समायोजन हुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .