ad ad

कारोबार


टाटाको टियागो ईभी : हचब्याग सेगमेन्टकै ‘लिड’ गर्दै

टाटाको टियागो ईभी : हचब्याग सेगमेन्टकै ‘लिड’ गर्दै

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८० शुक्रबार ७:२८, काठमाडौँ

नेपालमा टाटाको टियागो सार्वजनिक भएसँगै हचब्याग सेगमेन्टमा उभार देखिएको छ। एसयुभी सेगमेन्टमा सिफ्ट हुने गाडी खरिदकर्तालाई टियागो ईभी ‘हटकेक’ बनेको हो। 

नेपालमा पछिल्लो समय हचब्याग सेगमेन्टका गाडीको तुलनामा एसयुभी सेगमेन्टको माग बढ्दो छ। विद्युतीय गाडीमा एसयुभीको विकल्प नै थिएन। 

तर, टाटाले कम बजेटमै टियागो ईभी ल्याएसँगै ग्रहाकको चासो हचब्यागतिर सोझिएको हो।

भदौ अन्तिममा सम्पन्न भएको नाडा अटो शोबाट हचब्याग सेगमेन्टमा टियागोको आकर्षणले त्यसको पुष्टि गरेको छ। 

टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नाडा अटो शोमा टियागो ईभी ५०० बुकिङ भएको जानकारी दिएको छ। 

टियागोको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नेपाली बजारमा सार्वजनिक भएका प्यासेन्जर कारमा सबैभन्दा कम मुल्यको यही रहेको छ। 

कम्पनीले सार्वजनिक भएकै ६ दिनमा ५०० भन्दा धेरै बुकिङ भई हचब्याग सेगमेन्ट पुनरागमन गर्न सफल भएको जनाएको छ।

टियागो भारतमा २०२३ जनवरीबाट डेलिभरी सुरु गरेको थियो। भारतीय बजारमा पहिलो पटक गाडी खरिद गर्नेहरु ईभी टियागो खरिद गरिरहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।  

टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी हो। जुन भारतीय ईभी मार्केटमा छोटो समयमा सबैभन्दा धेरै बुकिङ हुने गाडीमा पर्दछ। 

भारतमा सार्वजनिक भएसँगै सिप्रदी ट्रेडिङले नेपालमा कहिले ल्याउँछ भन्ने धेरैको चासो थियो।   

भारतमा व्यवसायीक समूह र महिलाहरुको रोजाइमा टियागो परेको छ। ८ महिनामा कम्पनीले १९ हजार युनिट गाडी डेलिभर गर्‍यो।

भारतमा जस्तै नेपालमा सार्वजनिक भएको ६ दिनमै ५०० बुकिङ गरि बढी रुचाइएको मोडलमा स्थापित भएको छ।

टाटा मोटर्सले नेपाली ग्राहकहरुको बदलिँदो आकांक्षा एवम् जीवनशैलीसँग मेल खाने टियागोले विशेषगरी युवाहरुमा थप उत्साह र ईभी प्रयोग बढाउने विश्वास गरेको छ। 

ईभी हचब्याग सेगमेन्टमा टाटाको प्रतिस्पर्धी अरु नभएकाले राम्रो बजार लिन सक्ने कम्पनीको दाबी छ। 

‘अहिले अटोबजार हचब्याग सेगमेन्टबाट बाहिर जाँदै छ,’ सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भन्छन्, ‘टियागोले बजार लिँदा अरु प्लेयर आए पनि फरक पर्दैन।’

ग्राहकलाई ईभी हचब्यागमा तान्न सक्दा सबै नयाँ प्रोडक्ट ल्याउनेलाई पनि फाइदा हुने श्रेष्ठ बताउँछन्। 

नेपालमा टाटा टियागो ईभी ५ वटा भेरियन्टसहित ४ वटा कलरमा उपलब्ध हुनेछन्। गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोडसहित अटोमेटिक ड्राइभ सिस्टम छ। 

सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ किलोमिटर भनिएको छ। नेपाली बाटोमा कम्तीमा २५० किमिसम्मको रेन्ज दिने कम्पनीले उल्लेख गरेको छ। 

टियागो ईभी ५ वटा कलरमा उपलब्ध हुनेछ। टाटा मोटर्सले ३ वर्ष वा १ लाख किलोमिटरसम्मको वारेन्टी दिएको छ। 

टियागोको सेफ्टी फिचर्समा २ वटा एयरब्याग, एबीएससंगै इबीडी, रिभर्स पार्क एसिस्ट, क्यामेरा बेस रिभर्स लगायत छन्। 

गाडीमा १७.७८ सिएमको टचस्क्रिन, ब्लुटुथ कनेक्टिभीटी, फोन बुक एक्सिस, अडियो स्ट्रिमिङ, कल रिजेक्ट विथ एसएमएस जस्ता फिचर्स छन्। 

टाटाको बजार हिस्सा ७४ प्रतिशत
नेपालमा सिप्रदी ट्रेडिङको मार्केट सेयर करिब ७४ प्रतिशत छ। भारतमा नेपालभन्दा बढी अर्थात् ८५ प्रतिशत बजार ओगटेको छ। 

नेपालमा एक वर्षअघि टाटाको नेक्सन ईभीको माग बढी हुँदा ६–७ महिनासम्म कुनुपर्ने अवस्था आयो। 

नेक्सन ईभी नेपालमा ३ हजार बढी बिक्री भएको छ। सिप्रदी ट्रेडिङले टियागोको माग उच्च भए पनि नेक्सन ईभी जस्तो कुर्नुपर्ने अवस्था नरहेको जनाएको छ। 

कम्पनीले अहिले नै शोरुमबाट टियागो ईभी डेलिभरी हुन थालेको भन्दै खरिदकर्तालाई दसैंअघि डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ।

टाटाको टिगोर ईभी ३०० बढी बिक्री भएको छ। ट्याक्सीका रुपमा प्रयोग भइरहेको एक्सप्रेस टी ४०० बढी विक्री भएको कम्पनीले जनाएको छ। 

कतिपयले टियागोलाई ट्याक्सीका रुपमा प्रयोग गर्ने चासो भए पनि टाटाले ट्याक्सीका लागि एक्सप्रेट टी रहेकाले टियागो निजी गाडीका रुपमा मात्रै बिक्री गर्ने बताएको छ। 

टाटा मोटर्सले  ५ वर्षमा १ लाख विद्युतीय गाडी बिक्री गरेको छ। १० हजार गाडी बिक्री गर्न ४४ महिना लागेको थियो। अर्को १५ महिनामा कम्पनीले ४० हजार गाडी बेचेको थियो। पछिल्लो ९ महिनामै ५० हजार विद्युतीय गाडी बेचिएको छ।

टाटा मोटर्सले भारतमा सन् २०३० सम्ममा विद्युतीय गाडीको बजार हिस्सा ५० प्रतिशत पुर्‍याउने जनाएको छ। टाटा मोटर्सले २०२६ सम्म १० वटा मोडल विद्युतीय गाडी बजारमा ल्याउने योजनामा छ। 

नेपालको आधिकारिक बिक्रेता सिप्रदीले २१ स्थानमा फास्ट चार्जिङ स्टेशन तयार गरेको छ। त्यस्तै २३ स्थानमा सिप्रदीका उच्चस्तरीय सर्भिस सेन्टरको विस्तार भइसकेको छ। 

टाटाका विद्युतीय मोडललाई सहयोग पुग्नेगरी चार्जिङ स्टेशनदेखि सर्भिस सेन्टरलाई नेपालका विभिन्न ठाउँमा विस्तार गर्ने योजना रहेका कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .