ad ad

कारोबार


रोयल इन्फिल्डद्वारा अल न्यु क्लासिक३५० र द स्क्रयाम ४११ लन्च, अब दुई वटैको उत्पादन नेपालमा

रोयल इन्फिल्डद्वारा अल न्यु क्लासिक३५० र द स्क्रयाम ४११ लन्च, अब दुई वटैको उत्पादन नेपालमा

नेपालखबर
जेठ १९, २०८० शुक्रबार २०:१८, काठमाडौँ

रोयल इन्फिल्डले नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा नेपालमा नै मोटरसाइकल सम्पूर्ण रूपमा एसेम्बल गर्न सीकेडी युनिट सञ्चालन गर्ने घोषणा गरेको छ।

मध्यम आकारको (२५० सीसी-७५० सीसी) मोटरसाइकलहरूमा विश्वव्यापी बजारमा नै अग्रणी मानिएको रोयल इन्फिल्डले वीरगन्जमा उत्पादन केन्द्र स्थापना गर्न लागेको हो। भारतको तामिलनाडुमा रहेको रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र बाहेक विश्वको चार स्थान ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा सीकेडी एसेम्बली युनिट खडा गरेको छ। नेपालमा बन्ने सीकेडी युनिट पाँचौँ हो। यस युनिटको स्थापनाले सार्क क्षेत्रमा नै आफ्नो व्यापार विस्तार गर्न मद्दत पुग्ने विश्वास कम्पनीको छ।

‘पछिल्ला केही वर्षमा विश्वव्यापी रूपमा मध्यम आकारको मोटरसाइकलको विकास र विस्तार गर्ने हाम्रो प्रयास रहेको छ। अन्तर्राष्ट्रिय स्तरमा हामीले ठूलो सफलता पनि हासिल गरेका छौँ। रोयल इन्फिल्ड अब बेलायत, कोरिया, अस्ट्रेलिया, न्युजिल्यान्ड जस्ता बजारहरूमा मध्यम(खण्डका मोटरसाइकल ब्रान्डहरूमध्ये शीर्ष स्थानमा छ’ रोयल इन्फिल्डका सीईओ बी गोविन्दराजनले नेपालमा सीकेडी युनिटको उद्घाटन भएकोमा यसमा संलग्न टोलीलाई बधाई दिँदै कम्पनीको विश्वव्यापी महत्त्वाकाङ्क्षा बारे धारणा राखेका थिए।

उनले थपे, ‘विश्वव्यापी बजारसँग नजिक हुने हाम्रो रणनीतिले वास्तवमै राम्रो परिणाम दिएको छ। किनकि हामीले एसिया प्यासिफिक र दक्षिण अमेरिकामा चार वटा सीकेडी युनिटहरू सफलतापूर्वक स्थापना गरेका छौँ। यस्तै, हामीले हालै यूकेमा हाम्रो प्रत्यक्ष व्यापार सुरु गरेका छौँ। अन्तर्राष्ट्रिय बजार विस्तारको योजना स्वरूप नै नेपालमा व्यापार विस्तारको ठूलो सम्भावना देखेरै नयाँ सीकेडी युनिट खडा गरिएको हो। हामी विश्वव्यापी रूपमा सम्मानित उत्कृष्ट मोटरसाइकलहरू नेपालका राइडरहरूका लागि उत्पादन गर्नेछौँ ताकी यहाँका राइडरले अद्वितीय अनुभव प्राप्त गर्न सकुन्।’

नेपालमा मोटरसाइकल बजारको आसलाग्दो पुनर्जागरण हुने सङ्केत देखिएको कम्पनीको भनाई छ।। रोयल इन्फिल्डले पनि नेपाली बजार पर्याप्त रूपमा वृद्धि हुने ठूलो सम्भावना देखेको जनाएको छ।

महामारीअघि नेपालमा हरेक वर्ष करिब १७ लाख मोटरसाइकल बिक्री हुन्थे। ती मध्ये करिब ६०/६५ प्रतिशत मोटरसाइकलहरू १५० सीसीभन्दा मुनिका थिए। यो बजार आगामी वर्षहरूमा १०/१५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। आगामी दिनमा उत्कृष्ट र मूल्यवान् मोटरसाइकलको माग बढ्नेमा रोयल इन्फिल्ड विश्वस्त छ।

रोयल इन्फिल्डका सुविधाजनक, भरपर्दो र उच्च टर्क भएका मेसिनहरू यहाँको सवारी शैली र कठिन भूभागका लागि उपयुक्त हुने विश्वास कम्पनीको  ।

सीकेडी युनिटको उद्घाटन गर्न र नेपाली बजारका लागि नयाँ मोटरसाइकल लन्च गर्न काठमाडौँ आएका रोयल इन्फिल्डका सीसीओ यादवविन्द्र सिंह गुलेरियाले भने, ‘आजको दिन नेपालको मोटरसाइकल बजारका लागि एउटा महत्त्वपूर्ण क्षण हो। त्रिवेणी समूहसँगको साझेदारीमा वीरगन्जमा सीकेडी युनिट सञ्चालन हुनु भनेको यो क्षेत्रमा बढ्दो सम्भावना तथा मोटरसाइकल चढ्ने समुदायप्रति हाम्रो प्रतिविद्धताको प्रमाण हो। रोयल इन्फिल्डले उत्पादन गर्ने गरेको मोटरसाइकल नेपालको स्थानीय भू–बनोटको लागि उपयुक्त छ।’

उनले थपे, ‘हाम्रा दुई सबैभन्दा सुन्दर देखिने मोटरसाइकलहरू टाइमलेस क्लासिक ३५० नयाँ र आकर्षक अवतारमा र एडीभी क्रसओभर स्क्र्याम ४११ लन्च गर्न पाउँदा उत्साहित छौँ। स्क्र्याम ४११ विशेष गरी नेपालकै लागि हो भने पनि हुन्छ। नेपालमा बजार विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुसार हामीले रिटेल नेटवर्कलाई १८ बाट बढाउँदै आगामी वर्षमा ३५ पुर्‍याउने लक्ष्य राखेका छौँ। यी ३५ वटा  रिटेल नेटवर्कहरु विभिन्न ३० सहरमा विस्तार गर्नेछौँ। हामी विश्वस्त छौँ कि हामीले उपभोक्ताहरूको नयाँ जमातलाई आकर्षित गर्न सक्षम हुनेछौँ र नेपालमा मध्यम आकारका मोटरसाइकलको प्रयोग पनि बढाउन सक्छौँ।’

प्रतिवर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमतासहित वीरगन्जमा एक लाख वर्ग फिटमा फैलिएको अत्याधुनिक प्रविधियुक्त एसेम्बली युनिट तयार भएसँगै नेपालको बढ्दो माग पुरा गर्न सहज हुने कम्पनीको भनाई छ। यस युनिटमा विशेष गरी नेपाली बजारका लागि आज लन्च गरिएका नयाँ क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुनेछ। यस स्थापनाको उद्देश्य नेपालको बढ्दो बजारलाई प्रोत्साहित गर्दै मध्यम आकारको मोटरसाइकलको प्रवर्द्धन गर्ने पनि हो।

यसअघि भारत र विश्व बजारमा लन्च गरिएको क्लासिक र स्क्र्याम ४११ अब मोटरसाइकललाई प्रेम गर्ने नेपालीहरूका लागि नेपालमा नै उत्पादित हुनेछ।

द क्लासिक ३५० एक उत्कृष्ट, कालजयी, रेट्रो शैलीको मोटरसाइकल हो। यसको डिजाइन दोस्रो विश्वयुद्धपछि विश्वभरका मोटरसाइकल प्रेमीहरूले मन पराएको बेलायती मोटरसाइकलबाट प्रेरित छ। यस सिग्नेचर स्टाइलका साथै सरल र सुरुचिपूर्ण डिजाइन भएको आरामदायी सवारीमा जे सिरिज इन्जिन जडान गरिएको छ। क्लासिक ३५० सिङ्गल च्यानल एबीएस छ वटा रोमाञ्चक रङ्गहरूमा आउँछन्।

 रेडडिच ब्ल्याक, ग्रे र सेज ग्रीन, ह्याल्सियन ग्रे, ब्ल्याक र ग्रीन। स्क्र्याम ४११ रोयल एन्फिल्डको पहिलो सहरी एड्भेन्चर क्रसओभर हो। यसलाई रोयल इन्फिल्डको एलएस-१४० इन्जिन प्लेटफर्म र ह्यारिस पर्मफेन्स चेसिसमा निर्माण गरिएको छ। यो सहरी सडकहरूका साथै रफ-रोडिङ का लागि पनि उत्तिकै सुहाउँदो छ।

नेपालमा स्क्र्याम ४११ सात रङमा उपलब्ध हुनेछन्- ह्वाइट फ्लेम, सिल्भर स्पिरिट, ब्लेजिङ ब्ल्याक, स्काइलाइन ब्लु, ग्रेफाइट येलो, ग्रेफाइट रेड  र ग्रेफाइट ब्लू का तीन भेद।

क्लासिक ३५० र स्क्र्याम ४११ दुवै आजदेखि नेपालमा टेस्ट राइड, बुकिङ र खुद्रा बिक्रीका लागि उपलब्ध हुनेछन्। क्लासिक ३५० मूल्य रु ४ लाख ९९ हजार मा तथा स्क्र्याम ४११ मूल्य रु ६ लाख ६० हजार मा उपलब्ध हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .