ad ad

कारोबार


डिशहोमको आईटीभीमा आईपीएल क्रिकेट हेर्न सकिने

डिशहोमको आईटीभीमा आईपीएल क्रिकेट हेर्न सकिने

नेपालखबर
चैत १७, २०७९ शुक्रबार १३:१८, काठमाडौँ

डिश मिडिया नेटवर्कले सुरु गरेको आईपी टिभीले चर्चित क्रिकेट प्रतियोगिताहरु देखाउने भएको छ। 

डिशहोमको आईपीटीभीबाट इन्डियन प्रिमियर लिग (आईपीएल) हेर्न सकिने भएको हो। 

नेपालको पहिलो प्रिमियम आईपी टिभी डीएच आईटीभी, डीटीएच र टेरेस्ट्रियल (टी२)भन्दा फरक प्रविधि इन्टरनेट प्रोटोकलमा आधारित भएको कारण यो आईपी टिभीमा आईपीएल एचडी क्वालिटीमा हेर्न सकिने कम्पनीले जनाएको छ। 

यसबाहेक आईपीटीभीमाा अन्तर्राष्ट्रिय सिरिजहरु जस्तै कोरियन, पाकिस्तानी, इरानी, वुल्गेरियन आदि आफूले चाहेको समयमा हेर्न सकिने कम्पनीको भनाइ छ।

लाइभ टिभीमा दैनिक विभिन्न स्र्पोटस्, सिरिज, मुभीहरु र रमाइलो टिभीमा एक्सक्लुसिभ सिरियलहरु हेर्न सकिने जनाइएको छ। 

डिशहोमका यी विशेष च्यानलहरुलगायत २०० भन्दा बढी टिभी च्यानलहरु, ५ हजार घण्टाभन्दा बढी विभिन्न कन्टेन्टहरु, आवश्यकताअनुसारको भिडिओलगायत अन्य विभिन्न एप तथा फिचर्सहरु उपलब्ध रहेको छ। 

आईपी नेटवर्कमार्फत टेलिभिजन सिग्नल प्राप्त हुने भएकोले यो सेवा लिनको लागि इन्टरेनट आवश्यक पर्छ। 

ग्राहकहरुले आफ्नो नजिकैको डिलर दाइकोमा वा हाम्रो ग्राहक सेवा केन्द्रमा सम्पर्क गरेर डीएच फाइबरनेट जडान गरी आईटीभीको मज्जा लिन सक्ने डिशहोमले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .