ad ad

कारोबार


१७ अंकले बढेपछि फेरि १९ सय विन्दुमा उक्लियो सेयरबजार

१७ अंकले बढेपछि फेरि १९ सय विन्दुमा उक्लियो सेयरबजार

नेपालखबर
चैत १३, २०७९ सोमबार १५:३९, काठमाडौँ

सेयरबजारमा आज १६७ कम्पनीका लगानीकर्ताले कमाएका छन्। 

लगातार ओरालो लागिरहेको बजार परिसूचक सोमबार १७.७० अंकले बढेर फेरि १९०६ विन्दुमा चढेको हो। 

दोस्रो कारोबार दिन २६१ कम्पनीको ४३ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ३६ हजारभन्दा बढी पटकको खरिदबिक्रीपछि १ अर्ब ३८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आज ४४ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। नेशनल माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीले १० प्रतिशत गुमाएका छन् भने अन्यले कम दरमा गुमाएका छन्। 

यता सुपरमाई हाइड्रो, एसियन हाइड्रोपावर, कालिञ्चोक दर्शन लघुवित्तलगायतका सेयरधनीले भने कमाएका छन्। 

आज पनि हिमालयन डिस्टिलरीको सर्वाधिक ५ करोड ९० लाखको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .