ad ad

कारोबार


ललितपुर महानगरले सडक विभागलाई भन्यो– सम्पदा क्षेत्रका सडकमा ओभर ले गर्न दिँदैनौँ

ललितपुर महानगरले सडक विभागलाई भन्यो– सम्पदा क्षेत्रका सडकमा ओभर ले गर्न दिँदैनौँ

नेपालखबर
फागुन ११, २०७९ बिहिबार १५:४२, काठमाडौँ

ललितपुर महानगरपालिकाले सम्पदा क्षेत्रमा ओभर ले (कालोपत्रेमाथि कालोपत्रे) गर्न नदिने भएको छ।

महानगरले सडक विभागलाई पत्र नै लेखेर सडक कालोपत्रे गर्न नदिने जानकारी दिएको हो। 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले हरेक वर्ष ओभर ले गर्दा सडकको सहत धेरै माथि गइसकेको बताए। उनले सम्पदा क्षेत्रमा पुराना घरमा पानी पस्न लागेको बताए। 

‘सडक विभागले ओभर ले गर्दा घरभन्दा माथि सडक पुगिसक्यो’, भौतिक पूर्वधार तथा यातायात मन्त्रालयमा उच्चस्तरीय समन्वय समितिको बैठकमा भने, ‘अब ओभर ले गर्द दिँदैनौँ।’

मेयर महर्जनले सडक बनाउँदा ढलका चेम्बर अग्दा बनाउँदा गाडी ठोक्किने गुनासो गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .