ad ad

कारोबार


विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

विप्रेषण पठाउने वैधानिक च्यानल बनाइदिन आग्रह

नेपालखबर
माघ १८, २०७९ बुधबार ६:३३, काठमाडौँ

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मकाउले नेपालमा पैसा पठाउन वैधानिक च्यानलको व्यवस्था गरिदिन सरकारसँग माग गरेको छ।

मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पाँचबुँदे ध्यानाकर्षण पत्र दिँदै एनआरएनए मकाउले सरकारकै पहलमा विप्रेषण (रेमिट्यान्स) कम्पनी खोलिदिन आग्रह गरेको हो। 

पैसा पठाउने वैधानिक विप्रेषण कम्पनी नहुँदा मकाउमा रहेका नेपाली हुन्डीको प्रयोग गर्न बाध्य भएको एनआरएनए मकाउको गुनासो छ।

एनआरएनए मकाउले हङकङको ट्रान्जिट भिसाको समस्या हल गर्न पनि सरकारसँग माग गरेको छ। नेपालदेखि मकाउसम्म सिधा हवाई सेवा नरहेको र हङकङमा ट्रान्जिट राहदानी लिनुपर्ने अवस्था रहेको कारण नेपाली कामदार समस्यामा परेको एनआरएनए मकाउको गुनासो छ।

एनआरएनए मकाउले नेपालदेखि मकाउसम्मको सिधा हवाई सम्पर्कको व्यवस्था गर्न माग गरेको छ। त्यस्तो भएमा नेपालदेखि मकाउमा जान र मकाउमा पर्यटक नेपाल आउन पनि सहज हुने विश्वास गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .