सेयर कारोबारमा गिरावट आएको छ।
साताको तेस्रो कारोबार दिन बजार परिसूचक नेप्से १५.७० अंकले घटेको हो।
योसँगै २५९ कम्पनीको ७५ लाख ५३ हजार कित्ता सेयर बिक्री भएको छ। यो भनेको २ अर्ब ८२ करोडको कारोबार हो। जुन अघिल्लो दिनभन्दा कम हो।
अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको थियो।
मंगलबार ५७ कम्पनीको सेयर बढ्दा १४८ कम्पनीको घटेको छ भने ११ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज आदर्श लघुवित्तका सेयरधनीले १० प्रतिशत अर्थात् १४४ रुपैयाँ प्रतिकित्ता आम्दानी गरे पनि अन्य सेयरधनीले कम मात्र कमाएका छन्।
गुमाउने लगानीकर्ताले आज ५.२१ प्रतिशतसम्म गुमाएका छन्।
आज रिडि पावर कम्पनीको १९ करोडको सेयर कारोबार भएको छ।
माघ १७, २०७९, मंगलबार
प्रतिक्रिया