कारोबार


यती जहाज दुर्घटना : ७० शवको पोस्टमार्टम, ६० शव परिवारलाई बुझाइयो

यती जहाज दुर्घटना : ७० शवको पोस्टमार्टम, ६० शव परिवारलाई बुझाइयो

फाइल तस्बिर


नेपालखबर
माघ १० , काठमाडौँ

यही माघ १ गते पोखरामा भएको यती एयरलाइन्सको ९एन–एएनसी एटआर ७२ जहाज दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई शव हस्तान्तरण गरिएको छ। 

यती एयरलाइन्सका अनुसार जहाज दुर्घटनामा मृत्यु भएका ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइएको हो। 

हालसम्म ७० शवको पोस्टमार्टम सकिएको कम्पनीले जनाएको छ। 

फोरेन्सिक मेडिसिन विभाग महाराजगन्ज काठमाडौंका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका ६ जनाको शव सनाखत गरी हस्तान्तरणको प्रक्रियामा छ। 

हराइरहेका २ जनाको खोजी कार्य जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको र घटनास्थलबाट संकलन गरी फोरेन्सिक विभागमा ल्याइएका मानव अंगहरुको डीएनए परीक्षण कार्य पनि सँगसँगै भइरहेको यती एयरलाइन्सले जनाएको छ। कम्पनीले यसमा आवश्यक समन्वयको काम गरिरहेको जनाएको छ।  

माघ ९, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.