ad ad

कारोबार


यती जहाज दुर्घटना : अध्ययनका लागि फ्रान्सबाट आइपुग्यो एटीआरको टोली

यती जहाज दुर्घटना : अध्ययनका लागि फ्रान्सबाट आइपुग्यो एटीआरको टोली

नेपालखबर
माघ ३, २०७९ मंगलबार १६:४६, काठमाडौँ

यती एयरलाइन्सको एटीआर ७२ जहाजको आइतबार भएको दुर्घटनाबारे अध्ययन गर्न फ्रान्सबाट टोली नेपाल आएको छ।

एटीआर ७२ को उत्पादक कम्पनीका अधिकारीहरु नेपाल आइपुगेका हुन्। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक अधिकारीका अनुसार फ्रान्सेली टोली आजै पोखरातर्फ प्रस्थान गरेका छन्। टोलीले दुर्घटनाको अवस्थाबाट जानकारी लिनेछ। 

दुर्घटनाको जानकारी ‘ब्यालक बक्स’को आधारमा हुन्छ। नेपालमा ब्ल्याक बक्स रिडिङ गर्ने मेसिन भने छैन। त्यसको अध्ययनको लागि फ्रान्स नै लैजानुपर्ने मन्त्रालयका ती अधिकारीले बताए।

यसअघि आइतबार नै ट्विट गर्दै दुर्घटनाबारे जानकारी पाएको भन्दै अनुसन्धानमा सघाउने बताएको थियो। 

आइतबारको दुर्घटनामा ७२ यात्रु रहेका थिए। कम्तीमा ७० जनाको मृत्यु पुष्टि भइसकेको छ भने पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउन थालिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .