कारोबार


‘नेपालको अर्थतन्त्र मन्दीतर्फ जाँदै छ’

‘नेपालको अर्थतन्त्र मन्दीतर्फ जाँदै छ’

फाइल तस्बिर


नेपालखबर
पुस २४, २०७९ आइतबार १४:५०, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै नेपालको अर्थतन्त्रमा समेत मन्दीको संकेत देखिन थालेको बताएका छन्। 

अन्तर्राष्ट्रियस्तरमा समग्र अर्थतन्त्रमा मन्दी देखिन थालेको र त्यसको केही बाछिटा नेपालमा पनि अवश्यदेखिने उनको भनाइ छ। पछिल्लो समय निर्माण क्षेत्रमा एक हिसाबको मन्दी देखिएको उनले बताएका हुन्। 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको साधारणसभामा बोल्दै गभर्नर अधिकारीले मूल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर बढेको भन्दै यो मन्दीतर्फको संकेत भएको बताए। 

सोही कारण सजगता अपनाउनुपर्ने उनको भनाइ थियो। सहकार्य र समन्वय गरेर यो किसिमको चुनौतीलाई परास्त गर्नुपर्ने उनको भनाइ छ।

‘अहिले मुल्य स्थिरता कायम गर्नुपर्ने, बाह्य क्षेत्रको दबाब कायमै छ, वित्तीय स्थिरता कायम गर्नुपर्ने पनि चुनौती छ’, उनले भने, ‘यसमा सबै निकाय लाग्नुपर्नेछ, केही सुधार गर्नुपर्ने र सहकार्य गर्नुपर्ने कुरा छन्।’

उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय संस्थाले नाफा मात्रै नखोजी संस्थागत सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्ने बताइन्। 

उनले बैंकहरुले नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वमा जोड दिनुपर्ने बताउँदै बैंकहरुले भोग्नुपरेका समस्यालाई समाधान गर्न सरकार तत्पर रहनुपर्ने उल्लेख गरिन्छ। 

सरकार र बैंकहरु एक अर्कको परिपूरक बन्नुपर्ने उनको भनाइ छ। साना तथा लघु उद्यममा बैंक तथा वित्तीय संस्थाको लागनी बढ्नुपर्ने बताउँदै उनले राष्ट्रको पुँजी निर्माण र परिचालन गर्न बैंकको भूमिका महत्वपूर्ण रहेको उनले उल्लेख गरिन्। 

उनले भनिन्, ‘उद्यमशीलता विकासमा अझै धेरै काम गर्नुपर्ने र स्वदेशमै वस्तु उत्पादन खपत गर्ने तथा विदेश निर्यात गर्नुपर्ने आवश्यकता छ।’

उक्त कार्यक्रममा पूर्वगभर्नर तथा अर्थमन्त्री युवराज खतिडाले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आम जनतालाई विश्वास दिलाएको बताए। त्यसमा आफ्नो समेत योगदान रहेको दाबी गरे। 

उनले उक्त कार्यक्रममा भने, ‘पछिल्लो एक दशकमा धेरै प्रगति भएको छ, एक दशकअघि सरकारी बैंक घाटामा थिए, अहिले ती बैंकहरु नाफामा छन्। यसले यही क्षेत्रमा काम गरेको हैसियतले म खुसी छु।’

बैंकहरुको पुँजी वृद्धिको कारण पनि धेरै सबल भएको र लगानी विस्तार गर्न सक्षम भएको उल्लेख गर्दै खतिवडाले अब त्यही वातावरण बैंकले खोजेर नहुने समेत तर्क राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad