ad ad

कारोबार


हुस्सुका कारण तराईमा अझै हुनसकेनन् उडान

हुस्सुका कारण तराईमा अझै हुनसकेनन् उडान

काठमाडौंमा बिहीबार लागेको हुस्सु। तस्बिर : सरोज बैजू


नेपालखबर
पुस ७, २०७९ बिहिबार १३:४७, काठमाडौँ

एक्कासि हुस्सु बढेसँगै बिहीबार विभिन्न स्थानमा हवाइ सेवा अवरुद्ध भएको छ।  

तीमध्ये कतिपय स्थानमा भिजिबिलिटी बढेपछि उडान सुरु भएको छ भने तराई क्षेत्रका विमानस्थलमा अझै उडान हुनसकेको छैन। 

बिहान त्रिभुवन विमानस्थलसहित पहाडी क्षेत्रमा उडान अवरुद्ध भए पनि अहिले खुलिसकेका छन्। तर तराई क्षेत्रमा भने अझै उडान हुन नसकेको हो। 

बुद्ध एयरले भैरहवा, राजविराज, जनकपुर र सिमरामा अझै उडान हुन नसकेको जानकारी दिएको छ।   

बढी उडान हुने काठमाडौंसहित पोखरा विमानस्थलमा उडान भइरहेको छ। यति एयरलाइन्सका अनुसार ३ बजेसम्म डेमो उडान गर्न लागेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .