कारोबार


ब्याजदर वृद्धिबारे जिल्लाका उद्योगीले दबाब दिएपछि महासंघले गरायो ध्यानाकर्षण

ब्याजदर वृद्धिबारे जिल्लाका उद्योगीले दबाब दिएपछि महासंघले गरायो ध्यानाकर्षण

नेपालखबर
असोज ३१, २०७९ सोमबार १८:३७, काठमाडौँ

जिल्लाका उद्योगीहरुले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वलाई दबाव दिएपछि ब्याजदर वृद्धिको विषयमा नेपाल राष्ट्र बैंकलाई ध्यानकर्षण गराएको छ।

आज महासंघको टोलीले कार्यवाहाक गभर्नर निलम ढुंगानालाई भेटेर ध्यानाकर्षण गराएको हो।

ब्याजदर वृद्धि लगायत वित्तिय अवस्थाको बारेमा जिल्ला नगरका उद्योगीहरु विरोधमा उत्रिएका छन्।

उद्योगीहरुले विरोध गर्न थालेपछि उद्योगी व्यवसयीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राष्ट्र बैंक पुगेर ध्यानाकर्षण गराएका हुन्। 

अध्यक्ष गोल्छासहितको टोलीले अर्थतन्त्रमा आन्तरिक र वाह्य कारणले बहुआयामिक प्रभाव परिरहेको हुँदा तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व, बाह्य क्षेत्र व्यवस्थापन एवम् मूल्य स्थिरताका लागि नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराएको महासंघले जनाएको छ।

राष्ट्र बैंकमा पुगेर गोल्छाले भने, ‘नेपालको निजी क्षेत्र सम्भवतः हालसम्मकै कठिन अवस्थाबाट गुज्रिरहेको छ। ब्याजदर स्थायित्व चालु पूँजी कर्जा सम्बन्धी नयाँ व्यवस्थाको स्थगन आदि उपायका माध्यमबाट केन्द्रीय बैंकले निजी अर्थतन्त्र चलायमान बनाउनु पर्दछ।’ 

भेटका क्रममा कार्यवाहक गभर्नर ढुंगानाले महासंघका सुझाव अध्ययन गरि समाधानका उपाय खोजिने बताएकी महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .