ad ad

कारोबार


बैंकको लगानी : उपभोग्य क्षेत्रमा खनियो, उत्पादनमूलकमा सधैँ कमजोर

बैंकको लगानी : उपभोग्य क्षेत्रमा खनियो, उत्पादनमूलकमा सधैँ कमजोर

नेपालखबर
असोज १८, २०७९ मंगलबार १२:२८, काठमाडौँ

चालू आर्थिक वर्षको दुई महिनाको तथ्याङ्क हेर्न हो भने बैंक तथा वित्तीय संस्थाहरुको लगानी रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.२ प्रतिशतले बढेको छ। 

यता निर्माण क्षेत्र र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फ प्रवाह भएको कर्जा क्रमशः २.१ प्रतिशत र ०.१ प्रतिशतले घटेको छ।

यो दुई महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ०.८ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ०.८ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ३ प्रतिशतले र हायर पर्चेज कर्जा १.२ प्रतिशतले बढेको छ भने मार्जिन प्रकृति कर्जा ४.६ प्रतिशतले घटेको छ। 

समग्रमा नेपालको कर्जा उत्पादनमूलक क्षेत्रमा भएको देखिँदैन। त्यसलाई अझ स्पष्ट हुनको लागि गत आर्थिक वर्ष कर्जा लगानी क्षेत्रहरु हेर्दा स्पष्ट हुन सकिन्छ।

उपभोग्य क्षेत्रमा खनियो पैसा
बैंकहरूको पैसा उपभोग्य क्षेत्रमा धेरै गएको देखिएको हो। अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष (असार मसान्त)मा झण्डै ५ सय प्रतिशतले उपभोग्य क्षेत्रमा लगानी बढेको छ। 

गत आर्थिक वर्षमा ४७  खर्ब ९ अर्ब ३० करोड कुल ऋण लगानी भएको छ। त्यसमा अधिकांश रकम उपभोग्य क्षेत्रमा लगानी भएको छ। राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार उपभोग्य क्षेत्रमा आधाभन्दा धेरै लगानी भएको देखिएको छ। 

कन्जुमर लोनकै शीर्षक जस्तो सुन चाँदी, फिक्स एसी रिसिप्ट, ग्यारेन्टी बण्ड, निजी सवारी, शैक्षिक खर्च, व्यक्तिगत खर्चलगायतमा ८ खर्ब ६७ अर्ब ऋण लगानी गरेको छ। उपभोग्य क्षेत्र नै बढी रुपमा जोडिने होलसेल तथा रिटेल व्यवसायमा ९ खर्ब ४७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ। 

उपभोग्य क्षेत्रको ऋण प्रवाहको वृद्धिदर हेर्ने हो भने ४ सय ६९ दशमलव ३ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्षमा १ खर्ब ५२ अर्ब रुपैयाँ रहेको ऋण प्रवाह भएको थियो। गत असारसम्ममा भने ८ अर्ब ६७ अर्ब रुपैयाँ पुगेको हो।

त्यसपछि मात्रै अन्य क्षेत्रको ऋण लगानी भएको देखिएको हो। 

कुन क्षेत्रमा कति ऋण लगानी?

  • कृषि  ३ दशमलव ८८ खर्ब
  • खानी उत्खनन  ८ दशमलव ७८ अर्ब
  • उत्पादन क्षेत्र ६ दशमलव ९५ खर्ब
  • निर्माण १ दशमलव ९० खर्ब
  • मेटल उत्पादन, मेसिनरी तथा विद्युत उपकरण  ७२ अर्ब
  • यातायात इक्विपमेन्ट  ५५ अर्ब
  • यातायात, सञ्चार क्षेत्र  २ खर्ब ९२
  • होलसेल तथा रिटेल  ९ खर्ब ४७ अर्ब 
  • फाइनान्स तथा बीमा  ३ खर्ब ७५ अर्ब
  • सेवा क्षेत्र  ३ खर्ब ९३ अर्ब
  • उपभोग्य क्षेत्र  ८ खर्ब ६७ अर्ब
  • स्थानीय सरकार  १५ करोड
  • अन्य क्षेत्र ७ खर्ब २७ अर्बरहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। 
     

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .