ad ad

कारोबार


साथीमार्टमा अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट

साथीमार्टमा अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट

नेपालखबर
असोज ७, २०७९ शुक्रबार ७:१०, काठमाडौँ

साथीमार्टले देशव्यापी रूपमा दशैँ–तिहार अफर ल्याएको छ । 

मार्टले ‘साथीमार्टको डिजिटल दशैँ, क्यासब्याक पनि उपहार पनि’ अभियान सुरु गरेको हो । 

जुन भदौ ३० गतेदेखि सुरु भएको र आगामी कात्तिक १४ गतेसम्म सञ्चालनमा रहने मार्टले जनाएको छ ।

उक्त अभियान साथीमार्ट र खल्तीको संयुक्त आयोजनामा भएको साथीमार्टका संस्थापक सीईओ सागर पोखरेलले जानकारी दिए । यस अभियानअन्तर्गत ग्राहकले नेपालको जुनसुकै ठाउँमा रहेका साथीमार्टमा गई सपिङ गर्न सक्नेछन् भने अनलाइनमार्फत पनि सेवा लिन सक्नेछन् । 

हरेक अनलाइन वा अफलाइन सपिङमा ४० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको कम्पनीले जनाएको छ । यस्तै, ग्राहकले सपिङ गरेपश्चात् खल्ती एपबाट रकम भुक्तानी गर्दा तत्कालै १० प्रतिशत क्यासब्याक पाउनुका साथै ‘लक्की ड्र’ समेत सो ग्राहकको नाम समावेश हुनेछ । 

यो अभियान सकिएपछि ‘लक्की ड्र’मार्फत १० जना भाग्यशाली विजेता छानिनेछन् । जसअन्तर्गत सात प्रदेशका सात जना बिजेताले इलेक्ट्रिक कितली र तीन जना भाग्यशाली बिजेताले बम्पर पुरस्कारमा क्रमशः वाटर प्युरिफायर, माइक्रोवेभ ओभन र इन्डक्सन चुल्हो पाउनेछन् ।

यो अभियानअन्तर्गत ग्राहकले मार्टबाट खरिद गर्ने ग्रोसरी, इलेक्ट्रिक सामान, लिक्वेयरलगायत सबैमा लागू हुनुका साथै अनलाइनमा उपलब्ध सामग्री खरिदमा विशेष छुटको समेत व्यवस्था गरिएको छ । 

अनलाइन सपिङका लागि ग्राहकले साथीमार्ट डटकममा गएर वा मोबाइल एपबाट सजिलै सपिङ गर्न सक्नेछन् । भने अफलाइन सपिङका लागि देशभर ३० भन्दा बढी जिल्ला र ६० भन्दा बढी सहर गरी १०८ वटा स्टोर सञ्चालनमा रहेको साथीमार्टले जनाएको छ । 

ग्राहकले डिजिटल पेमेन्टका लागि खल्ती, एनआईसी एसिया, इ–सेवा, फोन–पेलगायतबाट भुक्तानी गर्दा विभिन्न छुट पाउने व्यवस्था समेत गरिएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .