ad ad

कारोबार


बूढीगण्डकी सर्वसाधारणको लगानीमा बन्ने निश्चित, बन्यो पब्लिक कम्पनी

बूढीगण्डकी सर्वसाधारणको लगानीमा बन्ने निश्चित, बन्यो पब्लिक कम्पनी

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १६:१८, काठमाडौँ

बूढीगण्डकी जलाशययुक्त आयोजना पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको छ। 

योसँगै सर्वसाधारण समेतको लगानी हुने गरी आयोजना निर्माण गरिने पक्का भएको हो। 

आज कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार कम्पनी दर्ताको प्रमाणपत्र आज सरकारले पाएको छ। 

कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम दर्ता भएको हो। धादिङ र गोरखामा बन्ने आयोजना १२ सय मेगावाटको हो। 

उक्त आयोजना पम्फा भुसाल मन्त्री बनेर आउनेबित्तिकै नेपाल आफैँले निर्माण गर्ने बताउँदै आएकी थिइन्।

राष्ट्रिय गौरवको आयोजना मानिएको यसलाई आव २०८२/०८३ मा सम्पन्न गर्ने भनिएको छ। ९ वर्षअघि नै काम सुरु भएको यो आयोजनाको कुल लागत २ खर्ब ६० अर्ब लाग्ने अनुमान छ। योजनाअनुसार काम पनि अघि बढाएको भए सकिसक्ने आयोजनाको प्रगति हालसम्म ८४ प्रतिशत मुआब्जा वितरण भएको छ। 

आयोजनाको निर्माण ढाँचा निर्धारण सम्पन्न गर्ने र मुआब्जा वितरण सम्पन्न गर्ने योजना पनि पूरा नहुँदा यो वर्ष आयोजनाले नगन्य खर्च गरेको हो।

हालसम्म यसको निर्माणको मोडालिटी नै नबनेकोले यसको निर्माण कार्य अझै अघि बढ्न सकेको छैन। त्यसमाथि बदलिरहने सरकारले कहिले चिनियाँ कम्पनीलाई बनाउन दिने त कहिले आफैँ स्वदेशी लगानीमा बनाउने भनी आफूअनुकूलका निर्णय गर्दा आयोजना निर्माणमा अलमल हुँदै आएको छ। 

अहिले ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री रहेकी पम्फा भुसालले आयोजनालाई सरकारले प्राथमिकतामा राखेको बताउँदै आएकी छिन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .