ad ad

कारोबार


गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने सबै कम्पनीलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट

नेपालखबर
भदौ २, २०७९ बिहिबार २२:२५, काठमाडौँ

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सबै विमानसेवा कम्पनीहरुले ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट पाउने भएका छन्। 
 

नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने सबै वायुयानलाई ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो। 

प्राधिकरणले अर्को निर्णय नहुँदासम्म उक्त सेवाशुल्कमा सबै विमान कम्पनीले ५० प्रतिशत छुट पाउने बताएको छ। उक्त छुट बिहीबारदेखि नै लागू भएको प्राधिकरणले जनाएको छ। 

विमानस्थल सेवा शुल्क नियमावली २०७८ को परिच्छेद २ को नियम ७ अनुसार उक्त छुट दिइएको हो। सोहीअनुसार व्यवस्था मिलाउन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई पत्र लेखेको छ। 

सरकारको हालै प्रकाशित नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ को बुँदा नं. ७ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमनस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेसन र सेक्युरिटीलगायतका शुल्कमा दिइएको शतप्रतिशत छुटलाई निरन्तरता दिने र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशतसम्म छुट दिने उल्लेख छ।

छुट दर तोक्ने जिम्मेवारी प्राधिकरणलाई तोकिएको छ। सोहीअनुसार प्राधिकरणले यो निर्णय गरेको हो। अहिले गौतमबुद्ध विमानस्थलमा जजिरा एयरले मात्रै अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। थप विदेशी विमान कम्पनीहरुले पनि विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने जनाएका छन्। 

विमानस्थल बने पनि अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई आकर्षित गर्न नसकेको आरोप लागिरहँदा प्राधिकरणले पछिल्लो छुटको निर्णय गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .