ad ad

कारोबार


केएनपी नेरोल्याकले ल्यायो ‘रङ्गमा दङ्ग’ चाडपर्व अफर, ५ लाख जित्न सकिने

केएनपी नेरोल्याकले ल्यायो ‘रङ्गमा दङ्ग’ चाडपर्व अफर, ५ लाख जित्न सकिने

नेपालखबर
साउन ३१, २०७९ मंगलबार १७:५, काठमाडौँ

जापानको कान्साई पेन्ट्सको सहायक कम्पनी केएनपी जापान प्रा.लि.ले ‘पर्वसँगै रङ्गमा दङ्ग’ चाडपर्व अफर ल्याएको छ। 

यो ग्राहक केन्द्रित अफर हो। विशेषगरी चाडपर्वको लागि ७५ हजार रुपैयाँको खरिदमा मान्य रहने कम्पनीले जनाएको छ।

जुन इम्प्रेसन २४ क्यारेट वा माइका मार्बल वा एक्सेल टोटल वा ब्यूटी गोल्ड वासेबल वा चारैवटाको संयुक्त मात्रामा पाउन सकिने कम्पनीले जनाएको छ। 

चाडपर्वमा ग्राहकहरुले केएनपी नेरोल्याकबाट तीनवटा विशेष उपहारहरु पनि प्राप्त गर्न सक्नेछन्। कम्पनीले माथि उल्लिखित मापदण्ड पूरा गर्ने हरेक खरिदका लागि केएनपी नेरोल्याक ब्रान्डेड ट्राभल ब्याग उपलब्ध गराउँदै आएकोले पहिलो प्रस्ताव एक निश्चित उपहार भएको कम्पनीले जनाएको छ। 

त्यसैगरी, दोस्रो उपहार अझै बेसी रोमाञ्चक हुन जान्छ किनभने कम्पनीले ५० जना ग्राहकहरुलाई स्मार्टवाच उपलब्ध गराउने दाबी गरेको छ। 

अन्तिममा ५ लाखको एक जनालाई बम्पर उपहार पनि रहेको छ। यी दुई उपहारको विजेता लक्की ड्रमार्फत तय गरिनेछ।

केएनपी नेरोल्याकले केही वर्षदेखि यो चाडपर्व अभियान सञ्चालन गर्दै आएको र हरेक वर्ष आफ्ना ग्राहकहरुलाई केही आकर्षक उपहार र ह्याम्परहरु प्रदान गर्दै आएको छ। 

सोही उत्साहलाई कायम राख्नका लागि अझै यस्ता थप अफरहरु ल्याउने कम्पनीको दाबी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .