राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार सराङकोट पुगेकी छिन्।
पोखरा पुगेका बेला उनले सेदीमा रहेको अन्नपूण केबलकार चढी सोमबार साँझ सराङकोटसम्म यात्रा गरेकी हुन्।
उनी साँझ नै केबलकारबाटै सेदी फर्किएकी हुन्। पोखरामा नयाँ पर्यटकीय गन्तव्यका रूपमा थपिएको केबलकार गतवर्ष चैत १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
साहसिक पर्यटनका गतिविधि गर्न तथा सूर्योदय, सूर्यास्तसँगै हिमशृङखला र पोखराका मनोरम दृश्य नियाल्नका लागि प्रख्यात सराङकोटलाई फेवाताल किनारबाट जोड्ने गरी केवलकार सञ्चालन भएको हो।
केबलकारको माथिल्लो स्टेसनमा भ्यु टावर, गार्डेन, पार्किङ संरचना, रेष्टुरेन्ट, कफी सप, जिप लाइन, स्काइ साइक्लिङ र स्विङ सञ्चालनमा छन््।
63
Shares
प्रतिक्रिया