कारोबार


ब्लुबर्डको ऐना सलुनले मनायो पहिलो वार्षिकोत्सव, भदौ १० सम्म ३० प्रतिशतसम्म छुट

ब्लुबर्डको ऐना सलुनले मनायो पहिलो वार्षिकोत्सव, भदौ १० सम्म ३० प्रतिशतसम्म छुट

नेपालखबर
साउन २९ , काठमाडौँ

ऐना युनिसेक्स सलुनले पहिलो वार्षिकोत्सव मनाएको छ। 

काठमाडौं थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको सलुन व्यवसायको दोस्रो वर्षमा प्रवेश गरेको हो।  

खुसी पाठक सलुनकी संस्थापक हुन्। उनले अमेरिकाबाट फर्किएपछि व्यवसाय सुरु गरेकी थिइन्। 

पहिलो वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै उनले विभिन्न अनिश्चितता र चुनौतीका बीच पहिलो वर्ष पार गरेको बताइन्। 

‘चुनौतीका बीच हामी ग्राहकहरुको साथ सहयोग पाएर गौरवपूर्ण यात्रामा सफल भएका छौँ’, उनले भनिन्।  

दोस्रो वर्षमा प्रवेश गरेको ऐना युनिसेक्स सलुनले वार्षिक उत्सवको अवसरमा ३० प्रतिशतसम्म छुट दिएको छ। ऐनाले भदौ १० गतेसम्म आफ्ना सेवामा छुट दिएको जनाएको छ। 

१ वर्षे यात्रा सफल 
ऐना युनिसेक्स सलुनकी फाउण्डर खुसी पाठकले १ वर्षलाई हेर्दा केही सफल भएको सुनाइन्। उनले मनमा डर लागेर सुरु गरे पनि सुरुवातपछि भने त्यस्तो महसुस गर्नु नपरेको उनको भनाइ छ। 

‘टाढा–टाढाबाट ग्राहकहरु आउनुहुन्छ, एकपटक आएको ग्राहक दोहोर्याएर आइराख्ने हुँदा त्यसले आफू सफल भएको देख्छु’, उनले भनिन्।

पुरानो प्रचलनअनुसार पार्लर महिला मात्र जाने भन्ने हुन्छ तर युनिसेक्स पार्लरमा सबै आउने सुविधा छ। 

‘अहिले हाम्रो समाजको सोच पनि बदलिसकेको छ। त्यसले गर्दा पनि महिला पुरुष दुवै आउँछन्’, उनले भनिन्। 

उनले ऐनाको नयाँ डेकोरेसन र सर्भिसले ग्राहक तान्ने गरेको बताइन्।  

‘ऐना भनेको रिफ्लेक्सन हो। यसले कहिल्यै झुट बोल्दैन’, उनले भनिन्, ‘ब्युटीसँग जोडिएको कुरा हो। यो महिला पुरुष दुवैलाई काम लाग्ने कुरा हो।’

कार्यक्रममा अभिनेत्री गौरी मल्लले व्यवसायमा युवा पुस्तालाई ल्याउन राज्यले उत्प्रेरणा दिनुपर्ने बताइन्। 

ऐनाले हेयरकट, ब्राइडल मेकअप, फेसियल, मेनिकेयर, पेडिकेयर, कपाल हाइलाइटलगायत कपालसम्बन्धी सम्पूर्ण ट्रिटमेन्ट सेवा दिइरहेको छ। 

साउन २९, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.