ad ad

कारोबार


अत्तरियामा आइडिया ग्रुपको पाँच तारे होटल र क्यासिनो शिलान्यास

अत्तरियामा आइडिया ग्रुपको पाँच तारे होटल र क्यासिनो शिलान्यास

नेपालखबर
साउन २८, २०७९ शनिबार १५:४७, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले गैरआवासीय नेपाली (एनआरएनए)हरुको आइडिया ग्रुपले कैलालीको अत्तरियानजिकै स्थापना गर्न लागेको पाँच तारे होटलको शिलान्यास गरेका छन्। 

उनले शनिबार कैलालीको गोदावरी नगरपालिका–७ मा पर्ने हरैयामा आइडिया ग्रुपले निर्माण गर्न लागेको आइडिया होटेल एन्ड क्यासिनोको शिलान्यास गरेका हुन्। होटल शिलान्यासका लागि कांग्रेस नेता डा. कोइराला शनिबार बहिान प्रभु एअरको निजी हेलिकोप्टरबाट कैलाली गएका थिए। 

आइडिया ग्रुपले २ बिगाहामा होटेल निर्माण गरिने जनाएको छ। होटेल नेपाल कै ठूलो हुने ग्रुपको दाबी छ। होटेलमा १५० वटा कोठा रहने बताइएको छ। ग्रुपले होटेलमा २ अर्ब भन्दा बढी लगानी लाग्ने पनि बताएको छ। होटेलको १५ औँ तलामा हेलिप्याड निर्माण गरिने भएको छ।

यो ग्रुपमा गैरआवासीय नेपालीको मुख्य लगानी छ। मुख्य लगानीकर्ता अइडिया ग्रुप रहे पनि पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको समेत होटलमा लगानी रहनेछ। 

आइडिया ग्रुपको मुख्य कार्यालय हङकङमा छ। ग्रुपमा एनआरएनएबाहेक चिनियाँहरु पनि छन्। ग्रुपको अध्यक्ष गोकर्ण श्रेष्ठ हुन भने इन्टरनेशनल डाइरेक्टरमा छिङ छिङ त्से छन्। 

आइडिया ग्रुपले चितवनको माडीमा १।८७७ एकड जमिनमा माडी होटल र ४० बिघा जग्गा समेत छ। आइडिया ग्रुपले विश्वका ४०० भन्दा बढी प्रोजेक्टमा लगानी गरेको जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .